भेनेजुएलामा सैन्य हस्तक्षेपबारे अमेरिकी अधिकारीबीच विवाद

   
त्रिवेणी अनलाइन
२० बैशाख २०७६, शुक्रबार १५:०९ मा
[Sassy_Social_Share total_shares="ON"]
वासिङटन  : भेनेजुएलामा भइरहेको राजनीतिक विद्रोहमा सैन्य हस्तक्षेप गर्ने विषयमा अमेरिकी अधिकारीहरूको मत विभाजन भएको छ ।

यहाँ सैन्य हस्तक्षेप गर्नेबारेमा ठोस निर्णय हुन सकेको छैन । केही अधिकारीले राजनीतिक समाधानमा जोड दिएका छन् भने कतिपयले भने यहाँको विवाद समाधानका लागि अमेरिकाले सैनिक पठाउनुपर्ने धारणा राखेका छन् । बुधवारका अमेरिकी छापामाध्यममा यस विषयमा अमेरिकी प्रशासन राष्ट्रिय सहमतिमा पुग्न नसकेको भनी विभिन्न समाचार र टिप्पणी आएका छन् ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प यहाँ अमेरिकी सैन्यबलमार्फत हस्तक्षेप गर्न सकिने इच्छा व्यक्त गरेको उनका पूर्वसहयोगीले जनाएका छन् । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अझै पनि भेनेजुएलामा शान्तिपूर्ण समाधानकै आवश्यकता रहेको बताउन्दै आएका छन् । उनले भेनेजुएलाको अहिलेको राजनीतिक संकट शान्तिपूर्ण रूपमै समाधान होस् भन्ने चाहना धेरैको रहेको बताए ।

यद्यपि उनले सैन्य कारबाही पनि नकार्न सकेनन् । यो संकटको समाधान शान्तिपूर्ण रूपमा नै निस्कियोस् भन्ने चाहना त धेरैको छ । यसबाट सम्भव नभएमा सैनिक कारबाही पनि असम्भव छैन भन्ने उनको भनाइ छ ।

केही महिनाअघि अमेरिका र पश्चिमा राष्ट्रले भेनेजुएलाका विपक्षी नेता हुवाँ ग्वाइदोलाई अन्तरिम राष्ट्रपतिको रूपमा मान्यता दिएका थिए । यो उनीहरूको अकस्मात् निर्णय आएपछि त्यहाँको राजनीतिक संकट झन् गहिरिएको हो ।

त्यसयता यहाँको राजनीति निकै जटिल बन्दै गएको छ । विपक्षी नेता ग्वाइदोले राष्ट्रपति निकोलास मादुरोलाई सत्ताबाट हटाउनुपर्ने माग राख्दै आन्दोलन थालेका छन् । अहिले आएर उनले हालैमात्र नेता मादुरो सत्ताबाट नहटुन्जेल शृंखलाबद्ध रूपमा आमहडताल आह्वान गरेका छन् ।

शुरुमा विपक्षी नेता ग्वाइदोले सैन्य विद्रोह गराउन रचेको योजना विफल भएपछि उनले सरकारका विरुद्धमा आमहडताल थालेका हुन् ।

उक्त सैन्य विद्रोह कार्य विफल भएपछि राजधानीमा भेला भएका हजारौँ प्रदर्शनकारीलाई सम्बोधन गर्दै ग्वाइदोले अबको चरणमा सरकारी कर्मचारी हडतालमा सामेल हुने बताएका थिए ।

विद्रोह यो साता थप चर्किएको छ । विपक्षीले सडकमा प्रदर्शन गरेका छन् र राष्ट्रपति मादुरो नहट्दासम्म यो आन्दोलन जारी रहने बताएका छन् ।

यस विषयमा अमेरिकी रक्षामन्त्रालय पेन्टागनले कुनै निर्णय गरेको छैन । भेनेजुएलामा यतिखेर वर्तमान राष्ट्रपति मादुरो र विपक्षी नेता ग्वाइदो दुवैले आफू संवैधानिक राष्ट्रपति भएको दाबी गर्दै आएका छन् ।

ग्वाइदोले राजनीतिक विद्रोहमार्फत आफूलाई अन्तरिम राष्ट्रप्रमुखका रूपमा स्वघोषणा गरेका थिए । त्यसलाई सरकारले मान्यता दिएको छैन । सरकारले ग्वाइदोविरुद्ध कारबाही थालेको छ । मादुरो सरकारले उनको सम्पत्ति रोक्का गरेको छ र देश छाड्न समेत प्रतिबन्ध लगाएको थियो । सरकारी घोषणाको उल्लंघन गर्न र मादुरोविरुद्धको आन्दोलनमा विदेशी समर्थन जुटाउन ग्वाइदोले दुई महिना अघिमात्र ल्याटिन अमेरिकी देशहरूको भ्रमण गरेका थिए ।

उनलाई सरकारले पक्राउ गर्ने चेतावनी दिए पनि मार्च महिनामा उनी स्वदेश फर्किएका थिए । ग्वाइदोले आफू स्वदेश फर्किने बताएपछि अमेरिकी उपराष्ट्रपति माइक पेन्सले ग्वाइदोको सुरक्षा सुनिश्चित हुनुपर्ने माग गरेका थिए । उनले ग्वाइदोलाई असुरक्षा महसुस हुन दिन नहुने भन्दै मादुरो प्रशासनलाई सचेत समेत गराएका दिए ।

केही वर्षयदेखि यहाँ चरम आर्थिक संकट बढेको छ । आर्थिक समस्याबाट गुज्रिएको भेनेजुएलामा केही महिनायता आएर राजनीतिक संकट पनि थपिएको छ । ग्वाइदोको आफैं अन्तरिम राष्ट्राध्यक्ष बनेको स्वघोषणालाई अमेरिका, बेलायतर ल्याटिन अमेरिकाका अधिकांश देशसहित विश्वका करिब ५० राष्ट्रले समर्थन गरेका छन् ।

त्यसैगरी उता वर्तमान राष्ट्रपति मादुरोलाई पनि रूस र चीनको समर्थन छ । त्यसैगरी उहाँलार्ई देशभित्रैका वरिष्ठ सैनिक अधिकारीको पनि समर्थन छ ।

]]>
तपाइँको प्रतिक्रिया

हाम्रो टीम


प्रबन्धक
उत्तर कुमार साहु
सम्पादक
गणेश चन्द

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9845578104, 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ - २०२१ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu