त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
कर्णाली प्रदेश सरकारले ल्याएको स्थानीय सेवा ऐनको विषयलाई लिएर त्रिवेणी गाउँपालिका सल्यानमा कार्यरत कर्मचारीहरु आन्दोलित भएका छन् । उनीहरुले गाउँपालिका उपाध्यक्ष सीता खड्का पुन र प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर के.सी. लाई प्रेस विज्ञप्ती मार्फत आजदेखि माग पुरा नभएसम्मको लागि गाउँपालिकाबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु ठप्प पार्ने जानकारी गराएका छन् ।
कर्णाली सरकारले ०८१ असोज २९ गते स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन जारी गरेको थियो । उक्त ऐनका कतिपय दफा, उपदफाहरु विभेदकारी भएको भन्दै त्यो वेला देखिनै आन्दोलन सुरु भयो । त्यसपछि सरकारले संशोधन गर्ने निर्णय गर्यो । गत चैत्र १२ गते संशोधनसहितको विधेयक पुनः प्रदेश सभामा दर्ता गरेको थियो । गत वैशाख २६ गते बसेको मन्त्रिपरिषद्ले सभामा दर्ता भएको विधेयक फिर्ता लियो भने जेठ दुई गते पुनः सभामा दर्ता गराएको छ ।
यदि माग पूरा नभएसम्म आन्दोलनका कार्यक्रम निरन्तर चल्ने स्थानीय सेवा कर्मचारी सञ्जाल त्रिवेणी गाउँपालिका संयोजक गणेश प्रसाद आचार्यले जानकारी दिनुभयो । साथै गाउँपालिकाले स्थानीय तहका कर्मचारीहरुले गरेको आन्दोलनको कारण चालु आ.व.को योजना तथा कार्यक्रम कार्यान्वयनमा गम्भीर असर परेको र सेवा प्रवाह अस्तव्यस्त भएकोले कर्मचारीहरुका जायज माग सम्बोधन गरी सेवा प्रवाहको वातावरण बनाई दिन मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सुर्खेतलाई ध्यानाकर्षण समेत जानकारी गराएको प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर के.सी.ले बताउनु भयो ।



- The Suitable Online Gambling Establishment: A Comprehensive Overview
- The Appeal of Prize Online Casino Sites: A Comprehensive Overview
- LuckyMax Online Casino presenteert zichzelf als een moderne gaming bestemming die spelers verwelkomt met een uitgebreide…
- Exploring Flight Legends Loyalty Programme Benefits and Features
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।





