त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
त्रिवेणी गाउँपालिका सल्यानको आ.व. २०८२/०८३ को पहिलो चौमासिकमा सम्पादन गरिएका काम कारबाही/विकास योजना/ कार्यक्रमहरु तथा सेवा प्रवाह सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम वडा नं. ४ को कार्यालय फलाबाङमा सम्पन्न भएको छ ।
स्थानीय तह र नागरिकहरुका बीचमा दोहोरो सम्वाद स्थापित गर्न सुशासन, पारदर्शिता र जवाफदेहिताका लागि त्रिवेणी गाउँपालिकाले सार्वजनिक सुनुवाई सम्पन्न भएको हो । त्रिबेणी गाउँपालिका कार्यपालिका लुहाम सल्यानको कार्यालयबाट प्रवाह भइरहेको सेवा, विकास निर्माण, बजेट, भौत्तिक पूर्वाधार निर्माण, सामाजिक विकास, शिक्षा, स्वास्थ्य, कृषि, पशु, पर्यटन र सरसफाइ लगायतका विविध विषयमा जनताहरुलाइ सुशासनको प्रत्याभूति दिन र आम जनमानसमा स्थानीय सरकारलाइ सफल एवम सबल संस्थाको रुपमा स्थापित गर्नका लागि त्रिबेणी गाउँपालिकाले सार्वजनिक सुनवाई सम्पन्न गरेको हो ।

वडा नं. ४ को कार्यालय बाट आर्थिक वर्ष २०८२।०८३ को पहिलो चौमासिक सम्म सम्पादन गरिएका काम कारबाहि/विकास योजना/विभिन्न कार्यक्रमहरु तथा सेवा प्रवाहको बारेमा वडा सचिब उमेश चौधरीले समिक्षागत प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाको बजेट, कार्य प्रगति विवरण लगायतका विषयमा प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर के.सी.ले उपस्थीत सेवाग्राहि तथा सरेकारवालाहरुलाई जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा जवाफदेही वक्ताको रुपमा गाउँपालिका अध्यक्ष खिम बहादुर रावत, उपाध्यक्ष सीता खड्का पुन, प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर के.सी., ४ नं. वडा अध्यक्ष छबिराज शर्मा, कार्यपालिका सदस्य पार्वती बि.क. दलामे, वडासदस्य कुल बहादुर पुन, पशु सेवा शाखा प्रमुख डा. मिना पुन, योजना शाखा प्रमुख मोहन शर्मा, प्राविधिक शाखाबाट ई. शिबराज गोसाई, वरिष्ठ शिक्षा शाखा अधिकृत गणेश प्रसाद आचार्य, स्वास्थ्य शाखा प्रमुख प्रभात कुमार श्रेष्ठ, वरिष्ठ लेखा अधिकृत पुष्पकोमल वली, कृषि विकास शाखा प्रमुख सुसन गौतम, महिला तथा बालबालिका शाखा प्रमुख वसन्ता वली, शिक्षक, विद्यार्थी, विभिन्न वन समुहका प्रमुख, उपभोक्ता समुहका अध्यक्ष एंव प्रतिनिधीहरु, महिला स्वास्थ्य स्वंयसेविका लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमका सहभागीले उठाएका प्रश्न तथा जिज्ञासाहरुको जवाफ प्रमुख जवाफदेहि वक्ता गाउँपालिका अध्यक्ष खिम बहादुर रावत, उपाध्यक्ष सीता खड्का पुन, प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर के.सी., ४ नं. वडा अध्यक्ष छबिराज शर्मा र सम्बन्धीत शाखा प्रमुखहरुले जवाफ दिनु भएको थियो ।
कार्यक्रमको सहजिकरण पुतलीदरबार मिडिया ग्रुप प्रा.लि.द्धारा संचालित त्रिवेणी अनलाइनका पत्रकार उत्तर कुमार साहुले गर्नुभएको थियो ।









Facebook Comments Box
तपाइँको प्रतिक्रिया
पछिल्लो अपडेट
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- Slot Game Themes That Attract Nostalgic Players and Boost Engagement
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
धेरैले पढेको






