blank

त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण

   
त्रिवेणी अनलाइन
१८ असार २०८२, बुधबार २०:५१ मा

सल्यानको त्रिवेणी गाउँपालिकाले बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत सुनौला हजार दिनभित्रका आमाहरूको आयआर्जन सुधार ल्याउन लागि प्रगतिशील महिला समुहका २८ जना आमाहरुलाई ५६ वटा बाख्रा बितरण वितरण गरेको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि रहुन भएको गाउँपालिका उपाध्यक्ष सीता खड्का पुनले बाख्रा पालनले आम महिलाहरुको आयआर्जनमा वृद्धि गर्न यस्ता कार्यक्रमले टेवा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभएको छ । महिलाहरु गाउँ समाजमा आर्थिक रुपमा कमजोर भएकै कारण हिंसा, अन्यायमा पर्ने गरेको देखिएको बताउँदै यस्ता कार्यक्रमले आर्थिक पाटो सुदृढ बनाउन सकिने बताउनुभयो ।

May be an image of 1 personMay be an image of 6 people and text
त्रिवेणी गाउँपालिका ४ नम्बर वडा अध्यक्ष छबिराज शर्माको अध्यक्षता भएको कार्यक्रममा बोल्दै महिलाहरुको जीवनस्तरलाई माथि उकास्न आफुहरुले यस्ता कार्यक्रमहरु निरन्तरता दिएका बताउनु भयो ।

तपाइँको प्रतिक्रिया
Array