लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो

९ भाद्र २०८२, सोमबार ११:५६ मा प्रकाशित

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याकंन (लिजा) को नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामा प्रथम र कर्णालीमा दोस्रो बन्न सफल भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष ०८०।०८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याकंन (लिजा) को गुणस्तर परीक्षण सहितको अन्तिम नतिजा अनुसार जिल्लामा पहिलो र कर्णाली प्रदेशमा दोस्रो स्थान प्राप्त गर्न सफल भएको हो ।

प्राप्त नतिजा अनुसार त्रिवेणी गाउँपालिका ८५, बनगाड कुपिण्डे नगरपालिका ८२.७५, कपुरकोट ७९.७५, दार्मा ७९.७५ अंक कायम गरेका छ्न । साथै कर्णाली प्रदेशमा प्रथम स्थान हासिल गर्न सफल दैलेखको नारायण नगरपालिकाले ८८ अंक प्राप्त गरी प्रथम भएको छ । भने चौरजहारी नगरपालिका रुकुम पश्चिम ८४ अंक प्राप्त गरी तेस्रो स्थान हासिल गर्न सफल भएको छ ।
शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, बार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापन, वित्तीय एवम आर्थिक व्यवस्थापन, सेवा प्रवाह, सहकार्य र समन्वय, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशिकरण र वातावरण संरक्षण तथा विपद व्यवस्थापन गरी १० शीर्षकमा स्थानीय तहको स्वमूल्याकंन हुने गर्दछ ।

जनप्रतिनिधिले नीति कार्यक्रम र आवश्यक निर्णय गर्ने तथा कर्मचारीले कुशलता र कार्यदक्षता पूर्वक कार्य सम्पादन गरी सम्पादन भएका कामहरुको अभिलेखीकरण गरी उत्कृष्ट नतिजा ल्याउन सफल भएको प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर के.सी.ले बताउनु भयो ।

यस्तै आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणमा त्रिवेणी गाउँपालिकाले लेखापरीक्षण अंकको तुलनामा न्यूनतम बेरुजु कायम राख्नुका साथै कायम रहेको बेरुजुमध्ये ३ करोड ७९ लाख १३ हजार रुपैयाँ बराबरको बेरुजु फर्छ्यौट गर्न सफल भएको थियो। यो कार्य सम्पादन कर्णाली प्रदेशभित्रका सबै स्थानीय तहहरूमध्ये सबैभन्दा उल्लेखनीय रहेको छ।

Facebook Comments Box
तपाइँको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टीम


प्रबन्धक/सम्पादक
उत्तर कुमार साहु
रिपोर्टर
गणेश चन्द
संगम बिहानी
समिक्षा के.सी.
कुमार साहु
फोटोग्राफर

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu