blank

लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो

   
त्रिवेणी अनलाइन
९ भाद्र २०८२, सोमबार ११:५६ मा

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याकंन (लिजा) को नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामा प्रथम र कर्णालीमा दोस्रो बन्न सफल भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष ०८०।०८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याकंन (लिजा) को गुणस्तर परीक्षण सहितको अन्तिम नतिजा अनुसार जिल्लामा पहिलो र कर्णाली प्रदेशमा दोस्रो स्थान प्राप्त गर्न सफल भएको हो ।

प्राप्त नतिजा अनुसार त्रिवेणी गाउँपालिका ८५, बनगाड कुपिण्डे नगरपालिका ८२.७५, कपुरकोट ७९.७५, दार्मा ७९.७५ अंक कायम गरेका छ्न । साथै कर्णाली प्रदेशमा प्रथम स्थान हासिल गर्न सफल दैलेखको नारायण नगरपालिकाले ८८ अंक प्राप्त गरी प्रथम भएको छ । भने चौरजहारी नगरपालिका रुकुम पश्चिम ८४ अंक प्राप्त गरी तेस्रो स्थान हासिल गर्न सफल भएको छ ।
शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, बार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापन, वित्तीय एवम आर्थिक व्यवस्थापन, सेवा प्रवाह, सहकार्य र समन्वय, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशिकरण र वातावरण संरक्षण तथा विपद व्यवस्थापन गरी १० शीर्षकमा स्थानीय तहको स्वमूल्याकंन हुने गर्दछ ।

जनप्रतिनिधिले नीति कार्यक्रम र आवश्यक निर्णय गर्ने तथा कर्मचारीले कुशलता र कार्यदक्षता पूर्वक कार्य सम्पादन गरी सम्पादन भएका कामहरुको अभिलेखीकरण गरी उत्कृष्ट नतिजा ल्याउन सफल भएको प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर के.सी.ले बताउनु भयो ।

यस्तै आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणमा त्रिवेणी गाउँपालिकाले लेखापरीक्षण अंकको तुलनामा न्यूनतम बेरुजु कायम राख्नुका साथै कायम रहेको बेरुजुमध्ये ३ करोड ७९ लाख १३ हजार रुपैयाँ बराबरको बेरुजु फर्छ्यौट गर्न सफल भएको थियो। यो कार्य सम्पादन कर्णाली प्रदेशभित्रका सबै स्थानीय तहहरूमध्ये सबैभन्दा उल्लेखनीय रहेको छ।

तपाइँको प्रतिक्रिया
Array