लिबियामा शरणार्थी सवार पानीजहाज डुब्यो, १५० को मृत्यु भएको आशंका
काठमाडौं । करिब ३ सय शरणार्थी सवार पानीजहाज लिबियाको तटीय क्षेत्रमा डुबेको छ । खचाखच भरिएको पानीजहाज डुब्दा भएको मानवीय क्षतिबारे यकिन तथ्यांक नआइसके पनि कम्तीमा १ सय ५० जनाको ज्यान गएको हुनसक्ने अनुमान गरिएको छ । संयुक्त राष्ट्र संघीय शरणार्थी नियोगले शरणार्थी सवार पानीजहाज डुबेको उल्लेख गर्दै कम्तीमा १५० जनाको ज्यान गएको हुनसक्ने जनाएको छ । यद्यपि, तटरक्षकहरूले अहिलेसम्म १ जनाको मात्रै शव निकालेका छन् । जहाजमा डुबेका १५० जनाको उद्धार भएको छ । माछा मारिरहेका तटीय क्षेत्रका स्थानीयले उनीहरूको ज्यान जोगाइदिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
जहाज लिबियाको राजधानी त्रिपोलीबाट १२० किलोमिटरको दूरीमा रहेको एक शहरबाट हिँडेको थियो । बीबीसी हिन्दीका अनुसार, शरणार्थीहरू एक जहाजमा सवार थिए या दुई भन्ने यकिन हुन सकेको छैन । गत मेमा ट्युनिसयामा पनि पानीजहाज दुर्घटना भएको थियो । दुर्घटनामा कम्तीमा ६५ मानिसले ज्यान गुमाएका थिए । लिबियामा आज भएको पानीजहाज दुर्घटनामा १५० जनाकै मृत्यु भएको पुष्टि भएमा यो यस वर्षको अहिलेसम्मकै सबैभन्दा ठूलो दुर्घटना हुनेछ । हजारौं शरणार्थीले हरेक वर्ष भूमध्यसागर पार गर्ने गरेका छन् । यसमा अधिक संख्या लिबियाको शरणार्थीको छ । यस्ता शरणार्थीहरू पुराना जहाजमा खचाखच भरिएर यात्रा गर्ने गरेका छन् । जसका कारण पानीजहाजहरू बारम्बार दुर्घटनामा पर्ने गरेका छन् ।
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न