कश्मीर प्रकरणमा सुरक्षा परिषद्को आकस्मिक बैठक
भारत प्रशासित कश्मीरको विशेष राज्यको दर्जा फिर्ता लिने भारतको निर्णयमाथि चर्चा गर्न संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को आकस्मिक बैठक बन्द कोठामा बस्दैछ ।
संयुक्त राष्ट्रसंघको एक कुटनीतिज्ञले समाचार संस्था एएफपीलाई दिएको जानकारी अनुसार वर्तमान सुरक्षा परिषदको अध्यक्ष पोल्याण्डले स्थानीय समय अनुसार शुक्रबार बिहान १० बजे यस मद्धामा छलफल गर्ने तयारी छ ।
भारत पाकिस्तानको विवादित सीमा क्षेत्र (लाइन अफ कन्ट्रोल) मा भारत र पाकिस्तानबीच गोली हानाहान भएको छ । पाकिस्तानका अनुसार नियन्त्रण रेखामा भारत पाकिस्तानबीच गोली हानाहान हुँदा तीन जना पाकिस्तानी सैनिक मारिएका छन् । पाकिस्तानले पाँच भारतीय सैनिक मारिएको दाबी पनि गरेको छ तर भारतले भारतीय सैनिकको ज्यान नगएको बताएको छ ।
भारत प्रशासित कश्मीरको विशेष राज्यको दर्जा फिर्ता लिने भारतको निर्णयपछि भारत र पाकिस्तानबीच तनाव बढिरहेको छ ।
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न
- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह