सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम

   
त्रिवेणी अनलाइन
१७ जेष्ठ २०८२, शुक्रबार १४:२१ मा

एकीकृत पाठ्यक्रममा क्षमता अभिबृद्दि गर्न प्रारम्भिक कक्षाका शिक्षकहरुलाइ पाँच दिने तालिम आज सम्पन्न भएको छ । त्रिवेणी गाउँपालिका शिक्षा यूवा तथा खेलकुद शाखाको आयोजना र समाज जागरण केन्द्र स्याक नेपालको सहजिकरणमा पाँच दिने तालिम सम्पन्न भएको छ ।
त्रिवेणी गाउँपालिकाले सामुदायीक विद्यालयको गुणस्तर सुधार गर्न सामुदायिक विद्यालयका आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम प्रदान गरेको छ । शैक्षिक गुणस्तर सुधार गर्न प्रारम्भिक कक्षाको सिकाइ सुधार गर्नु पर्ने भन्दै पलिकाले शिक्षक तालिम प्रदान गरेको हो ।

युनिसेफ नेपालको आर्थिक सहयोग, स्याक नेपालको प्राविधिक सहयोग तथा त्रिवेणी गाउँपालिकाको आयोजनामा १५ विद्यालयका आधारभूत तह (कक्षा १–३) अध्यापनरत ३० शिक्षकहरूलाई तालिम प्रदान गरिएको हो ।

तालिम समापनको क्रममा बोल्दै त्रिवेणी गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष छबिराज शर्माले तालिममा सिकेका सीप कक्षाकोठामा लैजान नसकेमा तालिमको महत्व नहुने भएकोले तालिमको आधारमा कक्षाकोठामा सिकाउन निर्देशन दिनुभयो ।

May be an image of 3 people and textMay be an image of 2 people, people studying, dais and text that says'ducation Sectors Province rovinceProgram Program अध्यापनरत शिक्षकहस्का लागि क्रममा आधारित कष्टमाइज्ड तालिम 1-0630M3000 王 富'

गाउँपालिकाको पहिलो प्राथमिकता शिक्षा भएको उल्लेख गर्दै प्रा.स. टोप बहादुर नेपालीले शिक्षा विकासको लागि आफूहरु निरन्तर लागिरहने बताउनु भयो ।

समापन कार्यक्रममा बोल्दै सहभागी शिक्षक क्षेत्र बहादुर बि.क.ले विद्यालयमा गुणस्तरीय शिक्षाको लागि तालिमको कार्यान्वयनको अवस्था अनुगमन तथा सुपरिवेक्षण गरिनु पर्ने बताउनु भयो । नियमित अनुगमन गरेर गुणस्तर सुधारमा सहयोग गर्ने दायित्व सबै सरोकारवालाको भएको बताउनु भयो ।
यसैगरी शिक्षक शिला बि.क. के तालिममा सिकेका महत्वपूर्ण कुराहरू विद्यालयमा लागू गर्ने बताउनु भयो ।

May be an image of 2 people, dais and text

उक्त तालिममा एकीकृत पाठ्यक्रम, अवधारणा र ढाँचा, कार्यान्वयन अवस्था, क्रमिक सिकाइ रणनीति, मूल्यांकन आदि विषयमा सहजीकरण गरिएको थियो । खण्डिकृत सिकाइलाई निरुत्साहित गर्दै एकीकृत शिक्षण गर्ने तरिका, सिकाइ लाई वास्तविक जीवनसँग जोड्ने तरिका, व्यवहारकुशल शिप आदि बारे समेत तालिम प्रदान गरिएको स्याक नेपालको शिक्षा अधिकृत सर्बराज बि.क.ले बताउनु भयो । तालिमको सहजीकरण एकीकृत पाठ्यक्रम प्रशिक्षक पुरुषोत्तम गिरीले गर्नु भएको थियो ।

तपाइँको प्रतिक्रिया
Array