उत्तर कोरियाले फेरी सुरु गर्यो मिसाइल प्रक्षेपण
सिओल । उत्तर कोरियाले मिलाइल प्रक्षेपण फेरी सुरु गरेको छ । अमेरिकासँग शिखर वार्तासँगै स्थगित भएको मिलाइस कार्यक्रमलाई उत्तर कोरियाले पुनः सुरु गरेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भियतनाममा भएको शिखर वार्ता असफल भएसँगै कोरियाले मिसाइल कार्यक्रम पुनः सुरु गर्न सक्ने विश्लेषण गरिएको थियो ।
दक्षिण कोरियाको समाचार संस्था ‘योनहाप’ले उत्तर कोरियाले होदो क्षेत्रमा छोटो दूरीको मिसाइल प्रक्षेपण गरेको जनाएको छ । स्थानीय समयअनुसार शनिबार बिहान ९ बजेतिर भएको मिसाइल प्रक्षेपणकाबारेमा दक्षिण कोरिया र अमेरिकाका अधिकारीले विश्लेषण गरिरहेका छन् ।
उत्तर कोरियाका नेता किमजोङ उनले रुसको भ्रमण सकेर रुसी राष्ट्रपति भ्यादिमिर पुटिनसँग पनि वार्ता भएको थियो । त्यसलगत्तै उत्तर कोरियाले फेरी मिसाइल प्रक्षेपण गरेको हो । अमेरिकाले चाहेमा तेस्रो शिखर वार्ताकोलागि तयार रहेको नेता किमले बताएका थिए । उनले ट्रम्प पुरानो अडानबाट पछि हट्नुपर्ने बताएका थिए ।
]]>
तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न
- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह
- सल्यानमा राष्ट्रिय परिचयपत्र बनाउन पुगेका एक वृद्धको लडेर मृत्यु
धेरैले पढेको