चीनले दस दिनमा बनायो यस्तो अस्पताल
वुहान : महामारीको रूपमा फैलिएको कोरोना भाइरसविरुद्ध लड्न चीनले दस दिनमा हजार शैय्याको अस्पताल निर्माण सम्पन्न गरेको छ। हुबेई प्रान्तको राजधानी वुहानमा सो अस्थायी अस्पताल तयार पारिएको हो।
हुवोशेशान अस्पतालको निर्माण आइतबार सकिएको हो। उक्त अस्पतालमा कोरोना भाइरसका संक्रमित बिरामीको उपचार गरिने बताइएको छ।
नव निर्मित अस्पतालमा उपचारका लागि १,४०० जना सेनाका चिकित्सक खटाइएको छ। नव निर्मित अस्पतालमा सोमबारदेखि उपचार सुरु गरिने बताइएको छ।
यसैगरी अर्को १,६०० शैय्याको अस्पताल पनि बनाउने चीनले घाेषणा गरेको छ। उक्त अस्पतालको निर्माण फेब्रुअरी ६ देखि सुरु हुने बताइएको छ।
चीनमा आइतबारसम्मको तथ्यांकमा ३६१ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाइसकेका छन्। आइतबार ५७ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। त्यस्तै २,८२९ जना नयाँ सङ्क्रमित बिरामी थपिएका छन्। यससँगै चीनमा सङ्क्रमित हुनेको संख्या १७,२०५ पुगेको छ।
आइतबार मात्रै चीनबाहिर फिलिपिन्समा भाइरसका कारण एक पुरुषको ज्यान गएको थियो।
_20200203045426.jpg)
_20200203045426.jpg)
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- Slot Game Themes That Attract Nostalgic Players and Boost Engagement






