सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
सल्यानको त्रिवेणी गाउँपालिकामा सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी कक्षा ३ देखि ८ सम्मका नेपाली र गणित विषयका शिक्षकहरुका लागि क्षमता अभिबृद्धि सम्पन्न भएको छ ।
त्रिवेणी गाउँपालिका शिक्षा यूवा तथा खेलकुद शाखाको आयोजना र समाज जागरण केन्द्र स्याक नेपालको सहजिकरणमा २ दिने तालिम २ चरणमा सम्पन्न भएको छ ।
तालिमको मूख्य उदेश्य सिकाई क्षति आपुरण तथा द्रुत सिकाइ योजनाको अवधारणको बारेमा समबुझाई विकास गर्नु, कोभिड १९ लगायत विभिन्न विपदका कारण भएको सिकाइ क्षति आपुरण र दु्रत सिकाईका लागि भएका क्रियाकलापहरु संचालनमा सहजिकरण गर्नु र द्रुत सिकाईको अवधारण र रणनितिहरुबारे शिक्षकहरुलाई जानकारी गराउनु रहेको थियो ।
यस तालिममा २८ वटा विद्यालयका ५३ जना शिक्षकहरु सहभागी रहेका थिए । तालिमले विद्यार्थीको सिकाई स्तर पहिचान गर्नका लागि निधानात्मक साधन र तरिकाको परिचय र प्रयोग गर्न, विद्यार्थीको सिकाई अवस्था पहिचान गर्न, एकाइसौ सिकाइका सीपहरुका बारेमा जानकारी गराउनु, IEMIS अनलाइन रिपोर्टिङ गर्न र साथै विद्यार्थीको सिकाई नतिजाको आधारमा विद्यालय तथा घरमा सिकाई सुधार गर्नका लागि विभिन्न क्रियाकलापहरु संचालन गर्न, जस्तो गृह विद्यालय सिकाई स्तरमा आधारित शिक्षण, विद्यार्थी मेन्टरीङ र सहपाठी सिकाइ, क्रमिक सिकाइ रणनिति, परियोजनामा आधारित सिकाइ र असमकालिन सिकाइ सम्बन्धी छलफल भएको थियो । यस तालिममा वर्गिकृत समुहका विद्यार्थीका आधारमा कार्यान्वयनका लागि विषयगत योजनाको निर्माण र द्रुत सिकाइ रणनितिहरुको बारेमा छलफल भएको थियो ।
समापन कार्यक्रमको अध्यक्षता गाउँपालिका उपाध्यक्ष सीता खड्का पुन रहनु भएको थियो । तालिममा प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर के.सी., स्याक नेपालका कार्यकारी निर्देशक टिकाराम आचार्य, शिक्षा शाखा प्रमुख गणेश प्रसाद आचार्य र प्रशिक्षकको रुपमा प्रमोद न्यौपाने, सि.सि.आर कर्णाली प्रदेशका निर्देशक टेकराज आचार्यको उपस्तिथि रहेको थियो ।
समापनमा कार्यक्रममा बोल्दै शिक्षा शाखा प्रमुख गणेश प्रसाद आचार्यले सिकाइ क्षति भएका विद्यार्थीका लागि यो तालिम कोशेढुङ्गा हुने बताउनु भयो । यस तालिमले शिक्षकको क्षमता अभिबृद्धि हुनुका साथै विद्यार्थीको सिकाईमा सुधार आउने बताउनु भयो । आ.व. २०८२÷०८३ मा आधारभूत तहलाई विशेष प्राथामिकमा राखिने पनि बताउनु भयो । स्याक नेपालका कार्यकारी निर्देशकले जोखिममा रहेका बालबालिकाको सिकाइ सुधारका लागि यो परियोजना संचालन गरिएको र स्थानिय तहको प्राथमिकताको आधारमा परियोजना निर्माण भएको र आफुहरु बाल अधिकारको सुनिश्चितका लागि स्थानिय सरकार, प्रदेश सरकार संग सहकार्य गरी अगाडी बढ्ने बताउनु भयो ।
समापन कार्यक्रमा बोल्दै प्रमुख प्रशासकीय अधिकृतले आमागी वर्षको बजेटमा अङग्रेजी, गणित र बिज्ञान शिक्षकको क्षमता विकास गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभएको थियो ।
यस्तै गाउँपालिका उपाध्यक्षले विद्यार्थीको सिकाइ सुधार तथा विद्यालयको सुशासनका लागि नियमित अनुगमन गर्ने, पृष्ठपोषण प्रदान गर्दैे आवश्यकताका आधारमा विद्यालयहरुलाई बजेट बिनियोजन गर्ने बताउनु भयो । साथै यस दुई चरणको तालिमलाई प्रशिक्षक प्रमोद न्यौपानेले गर्नुभएको स्याक नेपालका शिक्षा अधिकृत सर्वराज बि.क.ले बताउनु भयो ।
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न
- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह