दीपा बनिन् भट्टी साहुनी
काठमाडौं : भदौ ६ गतेलाई रिलिज डेट तय गरेको फिल्म ‘हजार जुनीसम्म’ को एक गीतमा दीपा श्री निरौला देखिनेछिन्। गीतमा दीपासँगै आर्यन सिग्देललाई देख्न पाइनेछ। आर्यन र दीपाको नृत्य रहेको गीतका केही तस्बिर सार्वजनिक भएको छ। गीतमा शिवहरि पौडेल पनि छन्। तीन फिल्म ब्याक टु ब्याक ब्लकबस्टर दिएकी निर्देशक दीपा श्रीलाई दर्शकले आइटम डान्स गर्दै गरेको देख्ने छन्।
गीतमा दीपाले ‘भट्टी साहुनी’ को रूपमा आइटम डान्स गरेकी छन्। यो गीतमा उनको नाम ‘शर्मिला’ राखिएको छ। गीतमा नायिका स्वस्तिमा खड्का, नवनायक अक्की प्रधान, कलाकार शिवहरि पौडेल, उत्तम केसीलगायतलाई यो भिडियोमा देख्न सकिनेछ। कविराज गहतराजले कोरियोग्राफी रहेको गीतलाई पुरुषोत्तम प्रधानले छायांकन गरेका हुन्।
‘आज नगद भोलि उधारो’ बोलको गीतमा वसन्त सापकोटाको शब्द तथा संगीत, प्रल्हाद तिमिल्सिना, मीना निरौला र दीपा श्रीको स्वर छ।
नाइँ नभन्नु ल सिरिजका निर्देशक विकासराज आचार्यको निर्देशन रहेको फिल्मको पटकथा सामीप्यराज तिमल्सेनाले तयार पारेका हुन्। फिल्ममा सञ्चिता लुइँटेल, अनुभव रेग्मीलगायतको पनि अभिनय छ। यसमा उदयराज सोताङ, राजनराज शिवाकोटी, वसन्त सापकोटा र प्रवीण पौडेलको संगीत, अर्जुन जीसीको सम्पादन छ। कविता रेग्मी फिल्मकी कार्यकारी निर्माता हुन् भने विशाल चाम्लिङ निर्माता छन्।
- Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.1830 (2)
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम







