दीर्घायु र  स्वस्थ जीवनका लागि साकाहारी भोजन

२१ बैशाख २०७६, शनिबार ०९:०१ मा प्रकाशित
साकाहारी र मांसाहारीमध्ये कुन भोजन कुन राम्रो  भन्ने  विषयमा बे ला–बे लामा बहस र चर्चा हुने गर्छ। हरे क सिक्काका दुई पाटा हुन्छन् भने जस्तै  दुवै  खानाको  फाइदा र बे फाइदा हुन्छन्। तर कम र बढीमा भर पर्दछ।

मानिसहरुको  एक आम धारणा के छ भने साकाहारी भो जनले  कम तागत दिन्छ जसको  कारण मानिस कमजो र, दुब्लो  पातलो  र अस्वस्थ हुन्छ। हाम्रो  समाजमा गर्भवती र सुत्के री समयदे खि प्रशस्त माछा, मासु, अण्डा खानदिने र बच्चालाई पनि मासु खान र खुवाउन अभिभावकहरुबाट प्रेरित गरेको पाइन्छ।

मासुलाई शक्तिवर्द्धक खानाको  रुपमा लिइए पनि सँगै सँगै कैयौं रो पनि निम्त्याउँछ मासुले। यस ले खमा काल्पनिक र धार्मिक कुराको  आधारमा नभई खो जबिनको  आधारमा वै ज्ञानिक तर्कसंगत हिसाबले शाकाहारी र मांसाहारी खानाको  तुलना गरिएको  छ।

मानिस सर्वकांक्षी प्राणी हो । मानिसले  दुवै भो जन खान्छ। कुनै  जलवायु तथा भौ गो लिक विकटता भएको  हिमाली तथा पहाडी क्षे त्रमा मासु खाने  अन्तिम विकल्प हुनसक्छ। जहाँ पर्याप्त मात्रामा बालीजन्य प्रो टिनको  अभाव रहन्छ। वै ज्ञानिक अनुसन्धान तथा विश्वभरका चिकित्सकहरुको  अनुभवमा मासुमा के वल के ही प्रो टिनयुक्त पो षण तत्व पाइन्छ। तर सागपात, फलफूल, दूध, अनाज आदिको  से वनले शरीरको  लगभग सबै  आवश्यक पो षक तत्व प्राप्त हुन्छ।

प्राकृतिक हिसाबले  भन्नुपर्दा मानिस मांसाहारी हो इन। मानिसको  शारीरिक संरचनाअनुसार साकाहारी भो जन मानवका लागि स्वभाविक भो जन हो । मान्छे , बाँदर, घो डा, गाई यी सबै का दाँत एक समान सपाट हुन्छन्। जबकि मांसाहारी जनावरका दाँत लामा, तिखा र धे रै  हुन्छन्। जसको  सहायताले  काँचो  मासु लुछे र च्याति–च्याति खाने  गर्दछन्।

साकाहारी र मांसाहारीमा फरक
प्रकृतिले  मानिसको  शरीर साकाहारी भो जनका लागि बनाइदिएको  हो  न कि मांसाहारका लागि। साकाहारी व्यक्ति रो गी पशु तथा सडे गले को  मासु खानबाट र रो गबाट बच्न सक्छ। तर आजभो लि व्यापारिक नाफा कमाउनको  लागि तरकारी तथा फलफूलमा अनावश्यक विषादी प्रयो ग गर्ने हुनाले दुवै  भो जनबाट मानव स्वास्थयमा प्रतिकूल असर परिरहे को  छ।

सर्वसाधारणदे खि उच्च तहका आम मानिसमा अण्डा र माछामासुबाट अधिक प्रो टिन पाइन्छ भन्ने  मान्यता छ। तर वास्तविकतामा सय ग्राम अण्डामा १३ ग्राम प्रो टिन, मासुमा १८ दे खि २२ ग्राम, भटमासमा ४३ ग्राम, पनिरमा २४ ग्राम, बदाममा २६ ग्राम, मुसुरोको  दालमा २४ ग्राम र चनामा २४ ग्राम प्रो टिन पाइन्छ। यसबाट प्रष्ट हुन्छ कि पशुजन्य मासुबाट भन्दा बालीजन्य खानाबाट बढी मात्रामा प्रो टिन पाइन्छ।

यसै गरी मासुबाट प्रचुर मात्रामा क्यालो री पाइन्छ भन्ने  आमधारणा रहे को  पाइन्छ। तर यथार्थमा १०० ग्राम अण्डामा १७३ ग्राम क्यालो री, मासुमा एक सय १४ दे खि एक सय ९४, भटमासमा चार सय ३२, बदाममा पाँच सय ७०, चनामा तीन सय ४७ र मुग दालमा तीन सय ३४ क्यालो री शक्ति पाइन्छ।

मांसाहारी भो जनमा रे सा बिल्कुल हुँदै न। रेसा भएको खानाले मानिसको  पाचन प्रणालीमा कुचो को  रुपमा सफाइको  काम गर्दछ। मासुको  अति प्रयो गले  आन्द्रा तथा पे टको  मासु र बो सो  बढ्नाले  मानिसको  मो टो पन बढ्ने , उच्च रक्तचाप, मधुमे ह, क्यान्सर रो गलाई बढावा दिने  र यसका साथै  मदिरा से वनलाई आकर्षण गर्ने र आर्थिक भार बढ्न गई पारिवारिक तथा सामाजिक झै झगडा र कलहसमे त निम्त्याउने  गर्दछ।

मांसाहारलाई उचित भण्डारणका लागि उचित तापक्रम र छो टो  समयमा उपभो ग गर्नुपर्ने हुन्छ। मांसाहारमा ब्याट्रियल इन्फे क्सन छो टो  समयमा हुने  हुनाले  अस्वस्थकर खानाको  रुपमा लिइन्छ। तर साकाहरी भो जन लामो  समयसम्म कम लगानीमा भण्डारण गरे र राख्न सकिन्छ। खाद्य संक्रमणको  सम्भावना पनि कम रहन्छ।

रो गी पशु, मरे को  जनावरको  मासु, झो क्रे का रो गी कुखुराहरु हामीले  कहीं कतै  विसर्जन गरे को  पाउँदै नौं। हामी काठमाडौंबाहिर जाँदाआउँदा बाटो मा खाना खान्छौं। तर त्यो  खाना–मासु खाएको  दुई घण्टापछि पे ट पो ल्न र दुख्न सुरु गर्छ। त्यस्तो खानामा संक्रमित मासु, अत्यधिक मसला, चिल्लो  र खुर्सानी प्रयो ग हुनाले  नै  यस्तो भएको  हो । त्यसै ले  यात्रामा जहिले  पनि साकाहारी बनौं, सके  सधैंभरिलाई।

मानव शरीरलाई आवश्यक पर्ने करिब २४ प्रकारका खनिज तत्व जसले  शरीरको  बृद्धि, मर्मत र आवश्यक कार्य नियमन गर्छ। त्यस्ता चिजहरु माटो मुनि पाइने  चिजहरु, दाल तथा गे डागुडीबाट प्राप्त गर्न सकिन्छ।

मांसाहारका बे फाइदा
मासुमा पाइने  अधिक प्रो टिनले  कले जो लाई प्रभावित गर्छ जसको  कारण कले जो  खराबसमे त हुन सक्छ। शरीरमा को ले स्ट्रो लको  मात्रा बढ्न गई हृदय रो ग, मिर्गौ ला रो ग, मधुमे ह, उच्च रक्तचापजस्ता समस्या भई मान्छे  मर्न सक्छ। दाँतमा समस्या आउने  र छिटो  खराब हुने  सम्भावना हुन्छ। मांसाहारीको  युरिक एसिड बढ्न गई शरीरको  हड्डी तथा जो र्नीहरुमा दीर्घ समस्या आउँछ।

मांसाहारीमा फुड पो इजनिङको  सम्भावना धे रै  रहन्छ। साथै  मासुका पारखीहरुले  चिल्लो  पिरो  र धे रै  मसला प्रयो ग गर्ने हुनाले  ग्याष्ट्रिक, अल्सर, कब्जियत तथा ठूलो  आन्द्राको  क्यान्सर एपे ण्डिसाइड र पाइल्सजस्ता समस्या आउँछन्। यसै गरी छालाको  समस्या, मृगीरो ग, पत्थरीको  सिकायत, रक्तअल्पताजस्ता समस्याहरु भई मानिस दीर्घरो गी हुन्छ। जुन मानिसले  मांसाहारी भो जन अधिक प्रयो ग गर्छ उसले  शारीरिक संरचना विरुद्धको  काम गरिरहे को  हुन्छ। शिथिल भई निष्क्रिय जीवन बिताउँछ।

साकाहारका फाइदा
साकाहारी भो जन सस्तो , रो ग निरो धक, शक्तिबर्धक, पाचन प्रक्रिया सजिलो , पे ट सम्बन्धी रो ग न्यून, उच्च प्रो टिन, उच्च कार्ब्रोहाइड्रे ट, सन्तुलित भो जन, निरो गी हुन्छ। प्रशस्त मात्रामा सागपात खानाले आँखामा समस्या नआउने , उच्च रक्तचाप, हृदय रो ग, मधुमे ह, मिर्गौ ला रो ग, क्यान्सर जस्ता समस्याबाट टाढा रहन गई मानिस बुढे सकालमा जवान दे खिन्छ। अधिकांश मानिसको  दिसा कब्जियत हुने  र हल्का मन्द टाउको  दुखिरहने  समस्याबाट बच्नका लागि हरियो  सागपातको  झो ल र फलफूलको  रस उत्तम मानिन्छ। साकाहारी भो जनले मानिसको  मस्तिष्क कार्यक्षमतालाई बढाउने  भएकाले  यसलाई ‘स्मार्ट फूड’ पनि भन्ने  गरिन्छ। जर्मनीमा गरिएको  शो धकार्यले  यो  पत्ता लगाएको  छ। साकाहारी भो जन ज्यादा प्रयो ग गर्नेहरुलाई हृदयघात तथा क्यान्सरबाट बचाउन सकिन्छ। किनकि यसमा कै रो टिनाइड नामक रसायन पाइन्छ। यो  रसायन विशे षतः पालक, टमाटर, गाँजर, हरियो  खुर्सानीमा पाइन्छ।

साकाहार र मांसाहार खाना मान्छे को  छनो टमा भर पर्दछ। कुन खाना मानव स्वास्थ्यको  लागि अति उत्तम छ भन्ने  कुरा माथिको  छलफलबाट हामी प्रष्ट हुन्छौं। मानव जीवन यस धर्तीमा एकपटको  लागि हुन्छ। एकपटक प्रकृतिले  दिएको  मानवरुपी जीवन सही आहारबाट जिउन सके  दीर्घ, स्वास्थ्य र सुखी जीवन जिउन सकिन्छ।

धूमपान, मद्यपान, अधिक माछामासुको  प्रयो गले  रो गी भएर औ षधिको  भरमा बाँच्नुपर्ने हुन्छ। जिब्रो को  स्वादका लागि जे  पनि खाइदिनाले  शरीरको  लागि अपाच्य हुन्छ। हालको  अध्ययन–अनुसन्धानबाट संसारभरका मानिसको  औ सत आयु बढे  पनि रो गी भएर बाँचिरहे का छन्। खान नपाएरभन्दा खान नजाने र मर्नेको  संख्या संसारमा धे रै  छ। त्यसै ले  साकाहारी भो जन रो जौं, शरीरलाई दीर्घ, स्वस्थ र निरो गी राखौं।

]]>
Facebook Comments Box
तपाइँको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टीम


प्रबन्धक/सम्पादक
उत्तर कुमार साहु
रिपोर्टर
गणेश चन्द
संगम बिहानी
समिक्षा के.सी.
कुमार साहु
फोटोग्राफर

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu