तुल्सी अस्पतालको आयोजनामा निशुल्क बाल स्वास्थ्य शिविर सम्पन्न : २ सयले लिए सेवा

   
त्रिवेणी अनलाइन
१७ मंसिर २०८१, सोमबार १०:१७ मा

सल्यानको त्रिवेणी ४ फलाबाङमा निशुल्क नवजात शिशु तथा बालरोग विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ । तुल्सी अस्पताल दाङको आयोजनामा भएको शिविरमा त्रिवेणी गाउँपालिकाका अध्यक्ष खिम बहादुर रावत ज्यूको प्रमुख आथित्यता, वडा अध्यक्ष छबिराज शर्मा ज्यूको अध्यक्षतामा उक्त शिविर सम्पन्न भएको हो । दोश्रो पटक १ दिने निःशुल्क बालरोग विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरी २ सय जना बाबालिकाहरूको स्वास्थ्य जाँच, उपचार तथा औषधी वितरण गरिएको तुल्सी अस्पताल प्रा.लि.का बरिष्ठ बाल रोग विशेषज्ञ डा. किशोर खत्रिले बताउनु भयो ।

पुर्ख्यौली ठाउँमा सेवा गर्ने सोच अनुशार बरिष्ठ बाल रोग विशेषज्ञ डा. किशोर खत्रिले फलाबाङमा निशुल्क स्वास्थ्य शिविर सन्चालन गर्दै आउनु भयको छ । आफ्नो ठाउँमा शिविर संचालन गरेर सेवा दिएकोमा अस्पताल परिवार लाई धन्यावद दिदै आगामि दिनहरुमा पनि यस्तै किसिमका सहकार्य गर्दै कार्यक्रम गर्न अपेक्षा राखे गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले बताउनु भयो ।

तपाइँको प्रतिक्रिया
Array