सल्यानमा कोरोनाबाट थप ५ जनाको मृत्यु : मृतकको संख्या ३२ पुग्यो
सल्यानमा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सल्यान जिल्ला अस्पताल र जिल्लाका बिभिन्न होमआइसोलेशनमा गरेर ५ जनामो मृत्यु भएको छ । जसमा बुधबार राति दुई जनाको, एक जनाको थप उपचारका लागि सुर्खेत लैजाँदै गर्दा बाटो र दुइ जनाको होम आइसोलेशनमा मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।
मृत्यु हुनेमा बागचौर नगरपालिका वडा नम्बर २ का ६० वर्षीय पुरुष र शारदा नगरपालिकाका वडा नम्बर ४ का ६२ वर्षीय पुरुष रहेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । यस्तै, बिहीबार बिहान थप उपचारका लागि सुर्खेत लैजाँदै गर्दा बागचौर नगरपालिका वडा नम्बर १ का ५० वर्षीय पुरुषको पनि मृत्यु भएको कार्यालयले जनाएको छ ।
त्यसैगरी होम आइसोलेशनमा बसेका कपुरकोट गाउँपालिका वडा नम्बर ३ का ६८ वर्षीय र ७० वर्षीय पुरुषको पनि कोरोनाबाट मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानका सुचना अधिकारी थलराज डिसीले जानकारी दिनुभयो । यो सँगै सल्यानमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ ।
सल्यानमा सक्रिय कोरोना संक्रमितको संख्या ५ सय ३२ रहेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । जसमा २९ जनाको जिल्ला अस्पताल सल्यानमा र २९ जनाको संस्थागत आइसोलेशनमा उपचार भैरहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।
यस्तै विहीवार जिल्लामा थप ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्लाभर २ सय ८१ जनाको एन्टिजेन परिक्षण गर्दा ८१ जनामा कोरोना पुष्टि भएको कार्यालयले जनाएको छ । यस्तै जिल्लामा पिसिआर परिक्षणका लागि ३० जनाको स्वाव संकलन गरिएको छ । यस्तै जिल्लाभर ९ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।
- राष्ट्रिय सभा सदस्य उदय बोहराको वडामा नेकपा एकीकृत समाजवादी पराजित
- नवनिर्वाचित जनप्रतिनिधीहरुलाई प्रमाणपत्र वितरण
- सल्यानमा चुनाव प्रचारप्रसारमा हिडेको गाडीको छतबाट खसेर एकजनाको मृत्युु
- त्रिवेणी गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार खिम बहादुर रावतद्धारा प्रतिबद्धता सहितको घोषणापत्र सार्वजनिक
- मेयरका उम्मेदवार प्रकाश भण्डारीको घोषणा सहितको प्रतिबद्धता पत्र सार्वजनिक । यस्ता छन बुदाहरु
- २७ बर्षे युवति, जस्लाई काँग्रेसले बनायो गाउँपालिका उपाध्यक्षको उम्मेदारी