सल्यानका थप १ सय ३ जनामा कोरोना संक्रमण पुष्टि

   
त्रिवेणी अनलाइन
७ जेष्ठ २०७८, शुक्रबार २२:१४ मा

सल्यानका थप १ सय ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल सल्यान सँगै विभिन्न पालिकाहरुमा गरिएको कोरोना परिक्षणमा क्रममा पछिल्लो २४ घण्टामा जिल्लामा १ सय ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

जसमा पिसिआर परिक्षणमा गर्दा ५८ जना र १ सय २ जनाको एन्टिजेन परिक्षणका क्रममा ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यो सँगै जिल्लामा कोरोनाका संक्रिय संक्रमितको संख्या ६ सय ८३ पुगेको छ । यसमा २२ जना जिल्ला अस्पतालमा, २४ जना संस्थागत आइसोलेसनमा रु ६ सय ३१ जना होमआइसोलेसनमा रहेका छन् । आज मात्रै १९ जनाले कोरोनालाई डिस्चार्ज भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

तपाइँको प्रतिक्रिया

हाम्रो टीम


प्रबन्धक
उत्तर कुमार साहु
सम्पादक
गणेश चन्द

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9845578104, 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ - २०२१ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu