चौरजहारी नगरपालिकाले अक्सिजन प्लान्ट सञ्चालन गर्ने

५ जेष्ठ २०७८, बुधबार १०:१५ मा प्रकाशित

रुकुम – रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले अक्सिजन प्लान्ट सञ्चालन गर्ने भएको छ । कोरोना भाइरसको नयाँ भेरिएन्टको कारण संक्रमितहरुको संख्या र अक्सिजन नपाएर ज्यान गुमाउनेहरुको संख्या बढिरहेको बेला चौरजहारीले अक्सिजन प्लान्ट जडान गर्ने भएको हो ।

लक्षण सहितका कोरोना भाइरस संक्रमितहरुको सफल उपचारको लागि अक्सिजन प्लान्ट आवश्यक भएको भन्दै खरिदको प्रक्रिया सुरु गरिएको नगरपालिकाले जनाएको छ । चौरजहारी नगरपालिका मेयर विशाल शर्माले अक्सिजन प्लान्ट जडान गरेर संक्रमितहरुको प्रभावकारी ढंगले उपचार गरिने बताउनुभयो ।

चौरजहारी अस्पतालसँग समन्वय गरेर अक्सिजन प्लान्टको खरिद र जडानको काम सुरुवात गरिएको र प्राविधिक समस्या नआएमा एक हप्तामा सञ्चालन हुने मेयर शर्माले बताउनुभयो । उहाँका अनुसार अक्सिजन प्लान्ट सञ्चालनको लागि करिब ९० लाखको लागत अनुमान गरिएको छ ।

‘अहिले कर्णाली प्रदेश सरकारलाई केही सहयोगको लागि माग गरेका छौँ’, मेयर शर्माले भन्नुभयो ‘प्रदेशबाट हुन सकेन भने पनि नगरपालिकाले बजेट व्यवस्थापन गर्नेछ ।’

चौरजहारी नगरपालिकाले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारको लागि विभिन्न सचेनामूलक कार्यक्रमको साथै ४५ बेडको आइसोलेशन अस्पताल समेत सञ्चालन गरेको छ । नगर क्षेत्रका खोलागाउँ, कोटजहारी र चौरजहारीमा अक्सिजन सिलिन्डर, कन्सन्टेटरको व्यवस्थासहित १५÷१५ बेडका आइसोलेशन अस्पताल बनाइएको नगर प्रमुख शर्माले जानकारी दिनुभयो ।

चौरजहारी नगरपालिकाले १ करोड २३ लाख रुपैयाँ लागतमा अघिल्लो वर्षको असारदेखि पीसीआर परीक्षण प्रयोगशाला समेत सञ्चालनमा ल्याएको थियो ।

Facebook Comments Box
तपाइँको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टीम


प्रबन्धक/सम्पादक
उत्तर कुमार साहु
रिपोर्टर
गणेश चन्द
संगम बिहानी
समिक्षा के.सी.
कुमार साहु
फोटोग्राफर

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu