ओमान जाँदा नेपाली श्रमिकलाई ‘शून्य लागत’
२० वैशाख, काठमाडौं । ओमानसँगको श्रम समझदारीको मस्यौदामा सहमति जुटेको छ । योसँगैै नेपाल र ओमानबीच पहिलो पटक श्रम समझदारी (एमओयु) हुने भएको छ ।
बिहीबार र शुक्रबार काठमाडौंमा सप्पन्न नेपाल र ओमानका अधिकारीहरु बीचको छलफलपछि मस्यौदालाई अन्तिम रुप दिइएको हो । शून्य लागतसहित श्रमिकका हक अधिकार सुनिश्चित हुने गरी सहमति जुटेको छ । मस्यौदाको सहमतिमा दुवै देशका अधिकारीले हस्ताक्षर गरेका छन् ।
ओमानसाग यसअघि दुई चरणमा श्रम समझदारीका लागि मस्यौदा आदान-प्रदान भसकेेको थियो । पहिलो चरणमा ओमानले पठाएको मस्यौदामा नेपालले चाहेजस्ता विषय उल्लेख नभएकाले नेपाली टोली नै सोही देश पुगेर आफ्ना एजेन्डा स्पष्टसँग राखेको थियो ।
नेपालले हालै युएईसाग एमओयूको मस्यौदा पनि टुंग्याएको थियो । ओमानसँग भने यसअघि कुनै दुईपक्षीय समझदारी भएको छैन । यसअघि नेपाली टोलीले माघ १३ र १४ गते ओमनसँग श्रम समझदारीबारे वार्ता गरेको थियो ।
]]> तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.1830 (2)
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
धेरैले पढेको







