मुक्तिनाथ बिकास बैंक श्रीनगर शाखा द्वारा बैंकिङ सचेतना तथा घरदैलो कार्यक्रम

   
त्रिवेणी अनलाइन
२५ भाद्र २०७९, शनिबार १८:०७ मा

जनता बैङकमा होइन,बैंक जनतामा जानुपर्दछ’ भन्ने नारा बोकेर आफनो सेवा सञ्चालन गर्दै आएको मुक्तिनाथ विकास बैंक श्रीनगर शाखाले आज बैंकिङ सचेतना तथा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । सल्यानको प्रमुख व्यापारिक केन्द्र श्रीनगर बजार, बरला बजार, ढोरचौर बजार, चाखलिघाट बजार हुँदै पटारे बजार सम्मका स्थानमा घरदैलो कार्यक्रम सम्पन्न गरीएको शाखा प्रवन्धक शिव प्रशाद कुमाइले बताउनुभयो । शाखाले शनिवार घर–घर पुगेर बैंकिङ सचेतना संगै मुक्तिनाथ विकास बैंकमा खाता पनि खोलाए । बैंकले गरिरहेका कर्जाका स्किम तथा निक्षेपका प्रडक्टहरुको विषयमा समेत कुरा बुझाए । बैंकले प्रवाह गर्दै आएको सेवा लगायतका विषयमा समेत बैंकका कर्मचारीहरु गाउँ गाउँ, घर–घर पुगेर प्रचारप्रसार गरेका छन । बैंकले उपलब्ध गराउँदै आएको साना कर्जाका स्किमहरु, निक्षेपमा उपलब्ध गराउँदै आएको वाणिज्य बैंकको भन्दा आकर्षक ब्याजदर लगायतका विषयमा पनि कुरा बुझाउने काम गरेका थिए ।

शनिवारको जस्तो विशेष अभियानले बैंकले बोकेको मूल नारालाई सार्थक पार्न महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ ।

तपाइँको प्रतिक्रिया
Array