ग्लोबल आइएमईले ल्यायो नयाँ घर कर्जा, ३ दिनमै कर्जा उपलब्ध हुने
९ मंसिर, काठमाडौं । ग्लोबल आइएमई बैंकले बैदेशिक रोजगारमा गएका तथा विदेशमा बस्ने नेपालीहरुलाई लक्षित गरी ग्लोबल आइएमई जन्मभूमि घर कर्जा ल्याएको छ ।
यस नयाँ योजनाअन्तर्गत वैदेशिक रोजगारमा गएका कामदार तथा विदेशमा बस्ने नेपालीहरु र उनका परिवारका सदस्यलाई आवश्यक कागजात पेश गरेको तीन दिनभित्र घर कर्जा उपलब्ध गराइने बैंकले जनाएको छ ।
न्यूनतम ब्याजदरमा सुलभ र सहज रुपमा पाप्त गर्न सकिने जन्मभूमि घर कर्जाले रेमिट्यान्सलाई बैंकिङ्ग च्यानलबाट भित्र्याउन मद्दत पुग्ने बैंकले जनाएको छ ।
बैंकले दिएको जानकारी अनुसार यो घर कर्जा बैदेशिक रोजगारबाट प्राप्त आयको आधारमा भारतसहित विभिन्न देशमा बस्ने नेपालीहरुका परिवारलाई प्रदान गरिनेछ ।
जन्मभूमि घर कर्जा ग्लोबल आइएमई बैंकको सबै शाखाबाट प्राप्त हुनेछ । यससम्बन्धी थप जानकारी ग्लोबल रेमिटका विभिन्न देशमा रहेका कार्यालयहरु तथा ग्लोबल आइएमई बैंकका बैदेशिक सम्पर्क कार्यालयबाट प्राप्त गर्न सकिनेछ ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र बर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।
बैंकले १५० वटा शाखा, ३० वटा एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर, १५० एटिएम, १९४ शाखारहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत ११ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।
- सल्यानमा राष्ट्रिय परिचयपत्र बनाउन पुगेका एक वृद्धको लडेर मृत्यु
- नेपाल लोकतान्त्रिक खेलकुद संघ त्रिवेणीको अध्यक्षमा प्रेम बुढाथोकी चयन
- त्रिवेणीमा ९ सय ३८ जना जेष्ठ नागरिकलाई सम्मान तथा जेष्ठ नागरिक परिचय पत्र वितरण
- सल्यानको त्रिवेणी ३ तिमिलेचौरमा आगलागिमा परी एकको मृत्यु
- होली: प्रेम र एकताको संदेश- विजय भण्डारी
- श्री गायत्री प्राथमिक विद्यालय त्रिवेणी गाउँपालिका ५ ढोरचौर सल्यानले आफ्नो ३५ औं वार्षिकोत्सब मनाएको छ ।