मेगा बैंक बन्यो ‘बैंक अफ दी ईयर २०१९’
काठमाडौं– मेगा बैंक नेपाल लिमिटेडले ‘बैंक अफ दी ईयर २०१९’ अवार्ड हात पार्न सफल भएको छ । लण्डनस्थित फाईनान्सियल टाईम्सले हरेक वर्ष प्रदान गर्ने ‘बैंक अफ दी ईयर’ को उपाधी मेगा बैंकले पाउने पक्का भएको हो । हरेक वर्ष उत्कृष्ट बैंकलाई प्रदान गरिने उक्त अवार्ड यस वर्ष मेगाको पोल्टामा परेको छ ।
गत बर्ष एनएमबी बैंकले प्राप्त गरेको अवार्ड यो वर्ष मेगालाई प्रदान गरिएको छ । मेगा बैंकले संचालन जोखिमलाई न्यून गर्न सफल भएकोमा फाईनान्सियल टाईम्सको निर्णायक मण्डलले यस वर्ष उसलाई छनौटमा पारेको अनुमान गरिएको छ ।
‘हलो देखि हाइड्रो’ सम्म भन्ने नारालाई आत्मसाथ गरेको मेगाले बैंक अफ दि ईयरको उपाधी पाएसँगै विगतका वर्षहरुमा उपाधी पाएका बैंकहरुको दाजोमा अगाडी बढीसकेको प्रष्ट हुन्छ ।
नोभेम्बर २८ मा लण्डनमा हुने फाईनान्सियल टाईम्सको विशेष कार्यक्रममा यो अवार्ड प्रदान हुनेछ । नेपालका कति बैंक अवार्डका लागि समावेश भएका थिए भन्ने आधिकारीक जानकारी सार्वजनिक भएको छैन ।
यता मेगा बैंकले भने सो अवार्ड प्राप्त गरेको आधिकारीक जानकारी नगराए पनि विशेष स्रोतकाअनुसार अवार्ड थाप्न बैंकका अध्यक्ष र प्रमुख कार्यकारी लण्डन जाने अवसर पाउने बताएको छ ।
९ वर्षअघि स्थापना भएको मेगाको १० अर्ब ३८ करोड चुक्ता पुँजी छ भने वासलात १०२ अर्ब रूपैयाँ बराबरको छ । निक्षेप संकलनमा अग्रणी मेगाले करिव ७९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । बैंकले आर्थिक वर्ष २०७५/७६ मा १ अर्ब ७१ करोड ९३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
६ लाख भन्दा बढी ग्राहकलाई बैकिङ सेवा दिदै आएको मेगा बैंकको १०२ वटा शाखा सञ्जाल छन् । १९ वटा एक्टेन्शन काउन्टर विस्तार गरेको बैंकको २५ सय भन्दा बढी मेगा रेमीट एजेण्ट र ११९ वटा शाखारहित बैंकिङ सेवा छन् ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न
- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह
- सल्यानमा राष्ट्रिय परिचयपत्र बनाउन पुगेका एक वृद्धको लडेर मृत्यु