सल्यानमा कराँते प्रतियोगिता सुरु, १४० खेलाडीले प्रतिस्पर्धा गर्ने
सल्यानको दमाचौरमा जिल्ला स्तरीय खुला कराँते तथा नृत्य प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको शुक्रवार छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले उद्घाटन गर्नुभयो । पञ्चेबाजा, सोरठी, लहरे, मयुर नाचसंगैको ¥याली सहित छत्रेश्वरी १ दमाचौरमा प्रतियोगिताको भव्य रुपमा उद्घाटन भएको हो ।
नेपाल सितोरियो कराँते सङ्घ सल्यानको आयोजना र प्रतिभाशाली युवा क्लब छत्रेश्वरी १ सल्यानको सह आयोजनामा प्रतियोगिता सुरु भएको हो ।
कराँते प्रतियोगितामा ९ टिमले भाग लिएका छन् । सल्यानका ८ र रोल्पाबाट एक टिमले प्रतियोगितामा भाग लिएको आयोजकले जनाएको छ । २० देखि ६५ केजी समूहसम्म महिला तथा पुरुषको एकल काता सञ्चालन हुनेछ जानकारी दिँदै नेपाल सितोरियो कराँते सङ्घ सल्यानका अध्यक्ष तथा कराँतेका अन्तर्राष्ट्रिय रेफ्री चित्र बहादुर रानाले २२ वटा स्वर्ण, २२ वटा रजत र ४४ कांस्य पदकको लागि प्रतिस्पर्धा हुने बताउनु भयो । कराँते प्रतियोगितामा ७५ पुरुष र ६५ जना महिला प्रतिस्पर्धी खेलाडीहरूको सहभागिता रहेको उहाँको भनाई छ ।
कार्यक्रमको उद्घाटन गर्दै छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष बुढाथोकीले खेलकुदको महत्वबारे चर्चा गर्दै खेलाडीमा समर्पण, मेहनत र कौशल आवश्यक पर्ने बताउनु भयो ।
यस्तै छत्रेश्वरी १ का वडा अध्यक्ष प्रकाश हमाल, २ का वडा अध्यक्ष प्रेम नेपाली लगायतले बोल्दै खेलकुद विकास तथा संस्कृति संरक्षणमा वडा स्तरबाट सक्दो प्रयास गरिएको बताउनु भयो ।
प्रतियोगितामा खुला नृत्य प्रतियोगिता पनि सञ्चालन हुनेछ भने मौलिक कला संस्कृति र स्थानिय लोक संस्कृति प्रदर्शन गरेका विभिन्न समूहहरूलाई प्रोत्साहन गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रममा छत्रेश्वरी गाउँपालिकाका प्रवक्ता फौद बहादुर बस्नेत सहित वडा नं १ का जनप्रतिनिधिहरू, नेकपा एमाले छत्रेश्वरीका अध्यक्ष ज्ञान बहादुर खड्का लगायत वडाका पार्टी प्रतिनिधिहरू नेपाली काँग्रेसका तारक शाह, नेकपा एमालेका काली बहादुर चन्द, माओवादी केन्द्रका प्रदीप योगी, राप्रपा नेपालका लक्ष्मण चन्द, नेपाल कराँते महासङ्घ सल्यानका अध्यक्ष बबी शाह, नेपाल पत्रकार महासङ्घ सल्यानका कार्यवाहक अध्यक्ष शङ्कर केसी, खेलकुद विकास समिति छत्रेश्वरीका अध्यक्ष सुरेन्द्र चन्द, विद्यालय तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, करातेका खेलाडी एवम् निर्णायकहरू लगायतको सहभागिता रहेको थियो । भानुभक्त माविका प्रअ खुमानन्द केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन खडग शाहीले गर्नुभएको थियो ।
- राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको अध्यक्षमा वुढाथोकी
- त्रिवेणी गाउँपालिका र सामुदायिक वन उपभोक्ता समितिहरुविच अन्तरक्रिया सम्पन्न
- शारदा नगरपालिका सल्यानद्वारा आधिकारीक लोगो सार्वजनिक
- त्रिवेणी गाउँपालिकाका ८ सय २ किशोरीलाई एचपिभी खोप लगाइदैँ
- त्रिवेणी गाउँपालिका स्तरीय छैठौं अध्यक्ष कप तथा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्नः उपाधी सरस्वती मा.वि सिम्कलाई
- जन्मदिनको फजुल खर्चले शैक्षिक सामग्री