त्रिबेणी गाउपालिका स्तरीय तेस्रो अध्यक्ष कप रनिङ शिल्ड प्रतियोगिता रिखेबजारमा शुरु
सल्यान १९, मंसिर ।
त्रिबेणी गाउपालिका स्तरीय तेस्रो अध्यक्ष कप रनिङ शिल्ड प्रतियोगिता रिखेबजारमा शुरु भएको छ । प्रतियोगितामा ३४ वटा बिद्यालयमा अध्ययनरत १ हजार २ सय ६ बिद्यार्थी खेलाडीहरु सहभागी भएका छन् । जसमा विद्यालय स्तरीय ३२ वटा खेलकुद प्रतियोगिता सञ्चालन हुने छन् भने वडा स्तरीय भलिबल प्रतियोगिता पनि सञ्चालन हुने छ । भलिबल प्रतियोगितामा प्रथम हुनेलाइ मेडल, कप र प्रमाण पत्र सहित ५० हजार, दृतिय हुनेलाई कप र प्रमाण पत्र सहित ३० हजार तथा तृतीय हुनेलाई कप र प्रमाण पत्र सहित २० हजार पुरस्कार दिइने गाउँपालिकाले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै गाउपालिका अध्यक्ष मान बहादुर डाँगीले विद्यार्थीको अन्तर्निहित प्रतिभालाई उजागर गर्नको लागि यसले मद्धत गर्ने बताउनुभयो । कोरोना भाइरसको जोखिमका कारण विगतका केही बर्षमा खेलकुद गतिविधि सञ्चालन गर्न नसकिएपनि कोरोनाको जोखिम केही कम भएपछि खेलकुद गतिविधि सञ्चालन गरिएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईले विद्यार्थीमा उर्जा पैदा गर्न र हौसला प्रदान गर्नको लागि खेलकुदको महत्व रहेको बताउनुभएको छ । पछिल्लो समय खेल क्षेत्रमा तीनै तहका सरकारले लगानी बढाउदैँ गएको अवस्थामा बिद्यालय स्तरका बिद्यार्थीहरुलाई फुर्तिलो र अन्तर्निहित प्रतिभाको उजागर गर्न मद्धत गर्ने उहाँको भनाई छ ।
खेल जित र हारको लागि मात्रै नभएर बिद्यार्थी, बिद्यालय र वडाहरुको विचको आपसी सद्भाव र आपसी मेलमिलापको सन्देश प्रवाह गर्नको लागि पनि महत्वपुर्ण भएको बताउनुभयो । यस्तै त्रिवेणी गाउपालिका वडा नम्बर ३ का वडाअध्यक्ष हुकुम प्रसाद महतराले खेल क्षेत्रको बिकास र खेलाडीहरुको प्रोत्साहनको लागि विगत देखी नै बिभिन्न प्रतियोगिताको आयोजना गर्दै आएको बताउनुभयो ।
अन्तरनिहित प्रतिभाको पहिचान, स्वस्थ्य जीवन र खेलकुद प्रवद्र्धन हाम्रो अभियान भन्ने नाराका साथ शुरु भएको प्रतियोगितामा गाउपालिका उपाध्यक्ष करुणा खड्काले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन पशु शाखा प्रमुख बसन्त रावतले गर्नुभएको थियो ।
प्रतियोगिता तीन दिनसम्म चल्ने छ ।
- राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको अध्यक्षमा वुढाथोकी
- त्रिवेणी गाउँपालिका र सामुदायिक वन उपभोक्ता समितिहरुविच अन्तरक्रिया सम्पन्न
- शारदा नगरपालिका सल्यानद्वारा आधिकारीक लोगो सार्वजनिक
- त्रिवेणी गाउँपालिकाका ८ सय २ किशोरीलाई एचपिभी खोप लगाइदैँ
- त्रिवेणी गाउँपालिका स्तरीय छैठौं अध्यक्ष कप तथा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्नः उपाधी सरस्वती मा.वि सिम्कलाई
- जन्मदिनको फजुल खर्चले शैक्षिक सामग्री