खुल्ला भलिबल प्रतियोगिताको उपाधि एबिसी क्लब लुहामलाई
कात्तिक १७,सल्यान
तिहारको अवसरमा सल्यानको त्रिवेणी गाउँपालिकामा भएको खुल्ला भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
स्वतन्त्र युवा क्लबले आयोजना गरेको खुला भलिबल प्रतियोगिताको उपाधि एबिसी क्लब लुहामले हात पारेको छ ।
१५ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो । प्रथम हुने टिमले २५ हजार रुपैयाँ नगद सहित प्रमाण पत्र पाएको छ । यस्तै दोस्रो हुने थ्री स्टार क्लब रामचौरले १५ हजार नगद र प्रमाण र तेस्रो हुने परिवर्तन युवा क्लबले १० हजार सहित प्रमाण पत्र प्राप्त गरेका छन् ।
कार्यक्रममा त्रिवेणी गाउँपालिका –४ का वडाध्यक्ष छविराज शर्मा, नेकपा एकीकृत समाजवादी त्रिवेणी गाउँपालिकाका अध्यक्ष कुल बहादुर भण्डारी, एमाले त्रिवेणी गाउँपालिका सचिव धनराज तुफान, वडा सचिव लोक बहादुर बोहरा, नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक गोर्वधन रेउले लगायतको सहभागिता रहेको थियो । यस्तै रिखेबजारका युवाहरु द्वारा संचालित भलिबल खेलमा १२ वटा टिम सहभागिता भएका मध्य प्रथम स्थान हाशिल गरेको पिमखोला A टिम ले रु २० हजार नगत सहितप्रमाणपत्र ,दितिय स्थान pyc युथ क्लब पानीखोलाले रु १५ हजार नगत सहित प्रमाणपत्र र तृतीय स्थान हासिल गरेको पिमखोला B टिम ले रु १० हजार नगत सहित प्रमाणपत्र गाउँपालिका अध्यक्ष मान बहादुर डांगीले प्रदान गर्नु भएको थियो ।
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा