पोर्चुगलमाथि जर्मनीको शानदार जित

   
त्रिवेणी अनलाइन
६ असार २०७८, आईतवार ०८:२६ मा
[Sassy_Social_Share total_shares="ON"]

काठमाडौं । युरोकप २०२० अन्तर्गत समूह एफको खेलमा जर्मनीले पोर्चुगलमाथि शानदार जित हात पारेको छ । जर्मनीले घरेलु मैदानमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै पोर्चुगललाई ४(२ ले पराजित गरेको हो ।

पहिलो जितपछि जर्मनीले २ खेलबाट ३ अंक जोडेको छ र नकआउट पुग्ने सम्भावना कायम राखेको छ । जर्मनी पहिलो खेलमा फ्रान्ससँग १-० ले पराजित भएको थियो ।

उता पहिलो खेलमा हंगेरीलाई ३-० ले पराजित गरेको साविक विजेता पोर्चुगलको यस संस्करण पहिलो हार हो ।

म्युनिखमा भएको खेलको १५ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले डिएगो जोटाको पासमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । तर सुरुआत देखि नै आक्रमक खेलेको जर्मनीले बराबरी गोल पर्काउन धेरै कुर्नुपरेन।

३५औं मिनेटमा पोर्चुगलका रुबेन डियाजले आत्मघाती गोल गरेपछि जर्मनीले खेल बराबरी गर्‍यो । यस्तै ३९औं मिनेटमा राफेल गुरेइराले पनि आत्मघाती गोल गरेपछि पहिलो हाफमा जर्मनीले २(१ को अग्रता बनायो ।

दोस्रो हाफको १५ मिनेटभित्र जर्मनीले २ गोल गर्‍यो । ५१औं मिनेटमा रोविन गोसेन्को पासमा काइ हाभार्टले गोल गर्दै जर्मनीलाई ३-१ को अग्रता दिलाए । यस्तै ६० औं मिनेटमा जोसुअ किम्मीचको पासमा गोसेन्सले गोल गरेपछि जर्मनीले ४-१ को अग्रता बनायो ।

६७ औं मिनेटमा जोटाले रोनाल्डोको पासमा गोल गर्द गोल अन्तर कम पार्ने प्रयास गरेका थिए तर थप गोल पर्काउन नसक्दा जर्मनीले शानदार जित हात पारेको हो ।

‘ग्रुप अफ डेथ’ मानिएको समूह डी मा सबैले दुई खेल खेलेपछि फ्रान्स ४ अंकसहित शीर्ष स्थानमा छ । जर्मनी र पोर्चुगलको समान ३ अंक छ भने हंगेरीको १ अंक छ।

अब अन्तिम खेलमा जर्मनीले हंगेरी र पोर्गुचलले फ्रान्ससँग खेल्नेछ ।

तपाइँको प्रतिक्रिया

हाम्रो टीम


प्रबन्धक/सम्पादक
उत्तर कुमार साहु
रिपोर्टर
गणेश चन्द
संगम बिहानी
समिक्षा के.सी.
कुमार साहु
फोटोग्राफर

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ - २०२१ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu