क्रिकेट विश्वकप लिग टू : स्कटल्यान्डमाथि ओमान विजयी
३१ साउन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप ‘लिग ट’ मा घरेलु टोली स्कटल्यान्डलाई ओमानले आठ विकेटले पराजित गरेको छ ।
बिहीबार राति सम्पन्न आईसीसी क्रिकेट विश्वकप लिग टूको पहिलो खेलमा ओमानले स्कटल्यान्डलाई सहज रुपमा पराजित गरेको हो । १६९ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको ओमानले ४५.१ ओभरमा मात्र दुई विकेटको क्षतिमा लक्ष्य भेटायो ।
ओमानको जितमा खवार अलीले अविजित ७९ रन बनाए । त्यस्तै, अकिब लियसले ६१ रनको योगदान दिए ।टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ४४.४ ओभरमा सबै विकेटको क्षतिमा १६८ रन मात्रै बनाएको थियो । स्कटल्यान्डका लागि कप्तान कायल कोएटजरले ५६, क्राइग वालेन्सले ३६ र माथेव क्रसले ३३ रन बनाए ।
बलिङतर्फ खवार अलीले ९ ओभर बलिङ गर्दै २३ रन खर्चिएर चार विकेट लिए ।
तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
धेरैले पढेको