‘भ्यालेन्टाईन्स डे’ बारे १० रहस्य : सैनिक वलिदानीदेखि क्याडबरी चक्लेटसम्म !
खासमा यो रोमन इतिहास घटनासँग जोडिएको एक घटना हो । यसबारे दुई मान्यता संसारभर चर्तित छन् । रोमन चाड लुपेर्कालियाकै निरन्तरता हो भन्ने एउटा मान्यता छ । जुन फेब्रुअरी १५ मा मनाइन्छ । जुन चाडको महत्व पुरुषको यौन क्षमतासँग पनि जोडिन पुग्छ ।
दोस्रो मान्यता के छ भने, रोमन शासक क्लाउडियस (दोस्रो) आफ्ना पुरुष सैनिकहरु युद्धको अवधिभर विवाह नगरुन् भन्ने चाहन्थे । तर बिसप भ्यालेन्टाईन नाम गरेका एक सैनिक जवानले उनको इच्छाविपरित गोप्य रुपमा विवाह गरे । यस्तो थाहा पाएर क्रुद्ध शासकले भ्यालेन्टाईनलाई जेलमा पठाए र फेब्रुअरी १४ कै दिन फाँसी नै दिए ।
जेलमा रहँदा भ्यालेन्टाईनले आफ्नी प्रेमिकाको नाममा एउटा चिठी पठाएका थिए । ‘तिम्रो भ्यालेन्टाईनको तर्फबाट’ भन्दै हस्ताक्षर सहित उनले पठाएको त्यो चिठी साहित्य झैँ बन्यो । ६ सय वर्ष पुरानो घटनासँग जोडिएको भ्यालेन्टाईन्स डे बारे केही रहस्यमय तथ्य यस्ता छन् ।
–भिक्टोरियन समयमा भ्यालेन्टाईन्स डे कार्डमा हस्ताक्षर गर्नु अपशकुन मानिन्थ्यो ।
–अमेरिकामा पछिल्लो केही वर्षयता भ्यालेन्टाईन्स गिफ्ट बिक्रीको तथ्यांक हेर्ने हो भने ३ प्रतिशत जति मानिस आफूले पालेका घरपालुवा जनावरलाई भ्यालेन्टाईन गिफ्ट दिन्छन् ।
–प्रेमी वा प्रेमिकामाझ मात्रै लोकप्रिय रहेको यो दिन एक्लाहरुले पनि मनाउने चलन छ । यसलाई (स्याड डे) अर्थात् सिंगल्स अवेर्नेस डे को रुपमा मनाउने चलन छ ।
–फिनल्याण्डमा त यसलाई प्रेमी प्रेमिका मात्रै नभएर नजिकको साथीसँग मनाउने रमाइलो चाडको रुपमा मनाइन्छ ।
–१५३७ मा ईंग्ल्यान्डका राजा हेनरी सातौँले आधिकारिक रुपमा फेब्रुअरी १४ को दिनलाई भ्यालेन्टाईन्स डे भनी सार्वजनिक विदा घोषणा गरिदिएका थिए ।
–१८०० को अन्त्यतिर रिचर्ड क्याडबरीले क्याड्बरी चकलेटको पहिलो बक्स यही दिनमा प्रेमी वा प्रेमिकाको याद मेटाउन खानको लागि भन्दै उत्पादन गरेका थिए ।
–पछिल्ला केही वर्षको तथ्यांकका आधारमा ७३ प्रतिशत भन्दा बढी पुरुष यस दिनमा फूल खरिद गर्छन् । यस्तै र २७ प्रतिशत महिला हुन्छन् ।
–हरेक भ्यालेन्टाईन्स डेमा सेक्सपियरका प्रेम जोडी रोमियो र जुलिएट जन्मिएको सहर इटालीको भेरोना सहरमा जुलिएटलाई सम्बोधन गर्दै लेखिएका १ हजार भन्दा बढी लेटर पठाइन्छ ।
–ईस्टर हल्याण्ड, भ्यालेन्टाईनलाई बजारिकरण गर्ने पहिलो अमेरिकी महिला हुन् । उनलाई यसलाई कलात्मक तरिकाले मनाउन सिकाएकोमा मदर अफ अमेरिकी भ्यालेन्टाईन पनि भनिन्छ । अमेरिकनहरु सुरुमा रोमान्टिक कम र बढी हास्यास्पद रुपमा मनाउँथे ।
–पछिल्ला केही वर्षका सर्भे अनुसार हरेक वर्ष अमेरिकीहरु १८ अर्ब डलर भन्दा रकम भ्यालेन्टाईनकै लागि खर्च गर्छन् ।
(एजेन्सीकाे सहयाेगमा)
]]>- सल्यानमा राष्ट्रिय परिचयपत्र बनाउन पुगेका एक वृद्धको लडेर मृत्यु
- नेपाल लोकतान्त्रिक खेलकुद संघ त्रिवेणीको अध्यक्षमा प्रेम बुढाथोकी चयन
- त्रिवेणीमा ९ सय ३८ जना जेष्ठ नागरिकलाई सम्मान तथा जेष्ठ नागरिक परिचय पत्र वितरण
- सल्यानको त्रिवेणी ३ तिमिलेचौरमा आगलागिमा परी एकको मृत्यु
- होली: प्रेम र एकताको संदेश- विजय भण्डारी
- श्री गायत्री प्राथमिक विद्यालय त्रिवेणी गाउँपालिका ५ ढोरचौर सल्यानले आफ्नो ३५ औं वार्षिकोत्सब मनाएको छ ।