चितवन जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै रवि लामिछाने उच्च अदालतमा

   
त्रिवेणी अनलाइन
१७ भाद्र २०७६, मंगलवार १७:१९ मा
[Sassy_Social_Share total_shares="ON"]

मकवानपुर – चितवन जिल्ला अदालतको आदेश बदरको माग गर्दै सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेल उच्च अदालत पाटनको हेटौँडा इजलासमा पुगेका छन् ।

गएको भदौ ९ गते चितवन जिल्ला अदालतले लामिछानेलाई ५ लाख र कँडेललाई ३ लाख धरौटी माग गरेको प्रति चित्त नबुझेपछि उनीहरु आदेश बदरको माग गर्दै उच्च अदालतको हेटौँडा इजलासमा पुगेका हुन् ।

दुवै जनाले मंगलबार जिल्ला अदालतले गरेको आदेश बदर गरिपाउँ भनेर संयुक्त निवेदन दर्ता गराएको  उच्च अदालत पाटनको हेटौँडा इजलासका प्रवक्ता अमृत घिमिरेले जानकारी दिनुभयो ।

चितवन जिल्ला अदालतबाट भएको आदेश बदर गरी साधारण तारेखमा रही मुद्धाको पूर्पक्ष गरी पाउँ भन्दै निवेदन दर्ता गरिएको प्रवक्ता घिमिरेले बताउनुभयो । 

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन प्रकरणमा चितवन जिल्ला अदालतले दुवै जनालाई धरौटीमा रिहा गरेको थियो । शंकास्पद भिडियोलाई वस्तुनिष्ठ प्रमाणको रुपमा लिइ सर्तसहित आदेश गरिएको र धरौटी माग गरिएकाले त्यसमा चित्त नबुझेपछि खारेजीको माग गर्दै उच्च अदालतमा निवेदन दर्ता गरिएको हो ।

चितवन जिल्ला अदालतको आदेश बेरितको रहेको भन्दै फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ बमोजिम चितवन जिल्ला अदालतको आदेश बदर गरी साधारण तारेखमा रही मुद्दा पुर्पक्ष गरी पाउँ भनी उनीहरुले निवेदन दर्ता गराएका हुन् ।

निवेदनको विषयमा बुधबार उच्च अदालत पाटन, हेटौँडा इजलासले प्रारम्भिक सुनुवाइ गर्ने बताइएको छ । लामिछाने र कँडेलको तर्फबाट अधिवक्ता राजेन्द्र सेढाईँले बुधबार बहस तथा पैरवी गर्ने जनाइएको छ ।

तपाइँको प्रतिक्रिया

हाम्रो टीम


प्रबन्धक
उत्तर कुमार साहु
सम्पादक
गणेश चन्द

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9845578104, 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ - २०२१ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu