पारस खड्काले टी १० लिग खेल्ने
नेपाली क्रिकेट टिमका निवर्तमान कप्तान पारस खड्काले पनि टी १० क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । नेपाली राष्ट्रिय टिमकाे कप्तानी छाेडेकाे एक सातापछि नै उनले विदेशी लिग खेल्ने पक्का भएकाे हाे ।
१० वर्ष नेपाली टिमकाे कप्तानी गरेका पारस पहिलाे पटक विदेशी फ्रेन्चाइजी लिग खेल्ने भएका हुन् ।
टी-२० र एकदिवसीय क्रिकेटमा सतक बनाउने एक्लाे नेपाली खेलाडी पारसले करियरमा अर्काे फड्काे मारेका छन् ।
यूएईमा अर्को महिना हुने टी १० मा पारस अवुधावी टिमबाट खेल्ने छन् । योसँग पारस विदेशी फ्रेन्चाइज लिग खेल्ने तेस्रो खेलाडी पनि बन्ने छन् ।


नेपालबाट लेगस्पिनर सन्दीप लामिछाने र अलराउण्डर सोमपाल कामीले विदेशी फ्रेन्चाइज लिग खेलिसकेका छन् । पारसको यो पहिलो फ्रेन्चाइज लिग पनि हो । टी १० को ड्राफ्ट गत साता नै भए पनि पारसको बारेमा भने अबुधावी टिमले पछि मात्रै जानकारी दिएको हो ।
अबुधावीको ट्वीटर ह्याण्डलबाट पारसलाई समेटिएको तस्विरसहित खेलाडीको सूची सार्वजनिक भएको छ । पारसको टिममा मोइन अलि र भारतीय पूर्व अलराउण्डर युवराज सिंह आइकोनिक खेलाडीको रुपमा रहेका छन् ।
पारसले १० हजार अमेरिकन डलर पारिश्रमिक पाउने सम्झौता भएका हुन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अर्को खेलाडी सन्दीप लामिछाने कर्नाटक टस्कर्सबाट टी टेन लिग खेल्नेछन् । सन्दीप ए क्याटेगरीमा परेर छनोट भएका हुन् । ए मा पर्ने खेलाडीले ४५ हजार अमेरिकी डलर पाउनेछन् । टी टेन नोभेम्बर १५ देखि २४ सम्म यूएईमा चल्ने छ ।
- राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको अध्यक्षमा वुढाथोकी
- त्रिवेणी गाउँपालिका र सामुदायिक वन उपभोक्ता समितिहरुविच अन्तरक्रिया सम्पन्न
- शारदा नगरपालिका सल्यानद्वारा आधिकारीक लोगो सार्वजनिक
- त्रिवेणी गाउँपालिकाका ८ सय २ किशोरीलाई एचपिभी खोप लगाइदैँ
- त्रिवेणी गाउँपालिका स्तरीय छैठौं अध्यक्ष कप तथा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्नः उपाधी सरस्वती मा.वि सिम्कलाई
- जन्मदिनको फजुल खर्चले शैक्षिक सामग्री