मुक्तिनाथ बिकास बैंक श्रीनगर शाखा द्वारा बैंकिङ सचेतना तथा घरदैलो कार्यक्रम
जनता बैङकमा होइन,बैंक जनतामा जानुपर्दछ’ भन्ने नारा बोकेर आफनो सेवा सञ्चालन गर्दै आएको मुक्तिनाथ विकास बैंक श्रीनगर शाखाले आज बैंकिङ सचेतना तथा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । सल्यानको प्रमुख व्यापारिक केन्द्र श्रीनगर बजार, बरला बजार, ढोरचौर बजार, चाखलिघाट बजार हुँदै पटारे बजार सम्मका स्थानमा घरदैलो कार्यक्रम सम्पन्न गरीएको शाखा प्रवन्धक शिव प्रशाद कुमाइले बताउनुभयो । शाखाले शनिवार घर–घर पुगेर बैंकिङ सचेतना संगै मुक्तिनाथ विकास बैंकमा खाता पनि खोलाए ।
बैंकले गरिरहेका कर्जाका स्किम तथा निक्षेपका प्रडक्टहरुको विषयमा समेत कुरा बुझाए । बैंकले प्रवाह गर्दै आएको सेवा लगायतका विषयमा समेत बैंकका कर्मचारीहरु गाउँ गाउँ, घर–घर पुगेर प्रचारप्रसार गरेका छन । बैंकले उपलब्ध गराउँदै आएको साना कर्जाका स्किमहरु, निक्षेपमा उपलब्ध गराउँदै आएको वाणिज्य बैंकको भन्दा आकर्षक ब्याजदर लगायतका विषयमा पनि कुरा बुझाउने काम गरेका थिए । 
शनिवारको जस्तो विशेष अभियानले बैंकले बोकेको मूल नारालाई सार्थक पार्न महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।






