अमेरिकामाथि नेपालको शानदार जित
काठमाडौं : आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाको अन्तिम खेलमा नेपालले अमेरिकामाथि ८ विकेटको शानदार जित निकालेको छ। अमेरिकाले दिएको ३६ रनको लक्ष्य नेपालले ५.२ ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो।
नेपालको जितका लागि पारस खड्काले १२ बलमा २० रन र उपकप्तान दीपेन्द्रसिंह ऐरीले ११ बलमा १५ रन बनाए। अमेरिकाले दिएको ३६ रनको लक्ष्य पछ्याएको नेपाललाई पनि अमेरिकी बलरले सुरुमा कडा झड्का दिए । दोस्रो ओभरमा नेपालका दुवै ओपनर आउट भए । ज्ञानेन्द्र मल्ल ५ बलमा १ रन र सुवास खकुरेल ४ बलको सामना गर्दा शुन्य रनमै आउट भए।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ राजेपछि अमेरिका ब्याटिङ गरेको अमेरिकाले १२ ओभरमा सबै विकेट गुमाएर ३५ रन बनाएको थियो।
नेपालका लागि लेग स्पीनर सन्दीप र सुशन भारी चम्किएपछि अमेरिका ३५ रनमै अलआउट भयो। सन्दीपले ६ र भारीले ४ विकेट लिए।
- माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
- सल्यानमा सिकाई स्तर अनुसार शिक्षण विधि प्रभाकारिता बन्दै
- त्रिवेणी गाउँपालिकाले दियो सुनौलो हजार दिनका ८८६ आमालाई पोषण सामग्री
- सुनौलो हजार दिनका आमा र बच्चाको पोषण सुधारका लागि कुखुरा वितरण
- गायत्री प्राथामिक बिद्यालयले मनायो ३४ औ वार्षिकोत्सब
- त्रिवेणी गाउँपालिकाद्धारा ३ जना सडक मानवको उद्धार- गा.पा. अध्यक्ष र वडा अध्यक्षले दिए एक महिनाको सुविधा बापतको रकम