मुक्तिनाथ बिकास बैंक लुहाम शाखाद्वारा ५० हजार बराबरको खाद्यान्न सामाग्री हस्तान्तरण

   
त्रिवेणी अनलाइन
१ बैशाख २०७७, सोमबार १७:२६ मा

उत्तर कुमार साहु ,बैशाख १ सल्यान
मुक्तिनाथ बिकास बैंक लुहाम शाखाले ५० हजार रुपैया बराबरको खाद्यान्न सामाग्री त्रिबेणी गाउँपालिकालाई हस्तान्तरण गरेको छ । सल्यानमा रहेको मुक्तीनाथ बिकास बैंकले कोरोना भाइरस महामारीको कारण नेपाल सरकारले लगाएको लगडाउनबाट प्रभावितहरुलाई खाद्यान्न सामाग्री हस्तान्तरण गरेको हो ।

आज लोटाउनेमा आयोजित एक कार्यक्रमका बिच मुक्तीनाथ बिकास बैंक लुहाम शाखाका प्रबन्धक सुदिन सिहंले हस्तान्तरण गरेका थिए, खाद्यान्न सामाग्री त्रिबेणी गाउपालिकाको तर्फबाट अध्यक्ष मान बहादुर डांगी र उपाध्यक्ष करुणा खड्काले संयुक्त रुपमा ग्रहण गरेका थिए ।

नेपालमा लगडाउन सुरु भएपछी दैनिक काम गरेर खाने बिपन्न वर्गहरुलाई दैनिकी चलाउले समस्या भएकाले खाद्यान्न सामाग्री वितरण गरिएको मुक्तीनाथ बैंक लुहाम शाखाका रेमन्त बुढाथोकीले जानकारी दिए । खाद्यान्न सामाग्रीमा चामल, दाल, तेल, नुन, चिनी, साबुन लागाएतका सामाग्रीहरु हस्तान्तरण गरिएको उनको भनाइ छ ।

तपाइँको प्रतिक्रिया
Array