स्वर्गिय बुवाको सम्झनामा राहात सामाग्री बितरण
६ बैशाख सल्यान
सल्यानका एक ब्यवसायीले स्वर्गीय बुवा टेक बहादुर श्रेष्ठको सम्झनामा शारदा नगरपालिका लाई राहत सामाग्री हस्तान्रण गरेका छन । कोरोना भाइरसले विश्व नै त्रसित बनाइरहेको बेला रोक, भोक र प्यासले नागरिकलाई हैरानी बनाएकोले त्यसबाट जनतालाई बचाउनको लागि सहयोग गरेको व्यवसायी सुरेश श्रेष्ठले बताउनु भएको छ । एक थुकी सुकि सय थुकी नदि भने जस्तै आफुले राहत कोषमा सहयोग गरेको श्रेष्ठको भनाई छ ।


राहत सामाग्री अन्तर्गत १५ बोरा चामल, १५ पोका तेल, १५ पोका नुन शारदा नगरप्रमुख सुरेश अधिकारी लाई छोरी सुनिता श्रेष्ठको साथमा सयुक्त रुपमा हस्तान्तरण गरेका हुन ।
राहत सामग्री ग्रहन गर्दै नगरप्रमुख अधिकारीले सवै दाताहरुलाई ठूलो मन बनाएर बिपन्न हरुका लागि सहयोग गरेकोमा धन्यवाद दिएका छन् ।उनले सङ्कट बिरुद्ध लड्न सवै पक्ष एकजुट हुनुपर्ने र सक्ने बर्गले नसक्ने बर्ग लाई सहयोग गर्नु मानविय कर्तव्य भएको भन्दै सहयोग गर्न सवैसङ्ग अनुरोध गरेका छन् ।


- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह
- सल्यानमा राष्ट्रिय परिचयपत्र बनाउन पुगेका एक वृद्धको लडेर मृत्यु
- नेपाल लोकतान्त्रिक खेलकुद संघ त्रिवेणीको अध्यक्षमा प्रेम बुढाथोकी चयन
- त्रिवेणीमा ९ सय ३८ जना जेष्ठ नागरिकलाई सम्मान तथा जेष्ठ नागरिक परिचय पत्र वितरण
- सल्यानको त्रिवेणी ३ तिमिलेचौरमा आगलागिमा परी एकको मृत्यु
- होली: प्रेम र एकताको संदेश- विजय भण्डारी