स्वर्गिय बुवाको सम्झनामा राहात सामाग्री बितरण
६ बैशाख सल्यान
सल्यानका एक ब्यवसायीले स्वर्गीय बुवा टेक बहादुर श्रेष्ठको सम्झनामा शारदा नगरपालिका लाई राहत सामाग्री हस्तान्रण गरेका छन । कोरोना भाइरसले विश्व नै त्रसित बनाइरहेको बेला रोक, भोक र प्यासले नागरिकलाई हैरानी बनाएकोले त्यसबाट जनतालाई बचाउनको लागि सहयोग गरेको व्यवसायी सुरेश श्रेष्ठले बताउनु भएको छ । एक थुकी सुकि सय थुकी नदि भने जस्तै आफुले राहत कोषमा सहयोग गरेको श्रेष्ठको भनाई छ ।

राहत सामाग्री अन्तर्गत १५ बोरा चामल, १५ पोका तेल, १५ पोका नुन शारदा नगरप्रमुख सुरेश अधिकारी लाई छोरी सुनिता श्रेष्ठको साथमा सयुक्त रुपमा हस्तान्तरण गरेका हुन ।
राहत सामग्री ग्रहन गर्दै नगरप्रमुख अधिकारीले सवै दाताहरुलाई ठूलो मन बनाएर बिपन्न हरुका लागि सहयोग गरेकोमा धन्यवाद दिएका छन् ।उनले सङ्कट बिरुद्ध लड्न सवै पक्ष एकजुट हुनुपर्ने र सक्ने बर्गले नसक्ने बर्ग लाई सहयोग गर्नु मानविय कर्तव्य भएको भन्दै सहयोग गर्न सवैसङ्ग अनुरोध गरेका छन् ।

- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम






