मुक्तिनाथ बिकास बैंक लुहाम शाखाद्वारा ५० हजार बराबरको खाद्यान्न सामाग्री हस्तान्तरण
उत्तर कुमार साहु ,बैशाख १ सल्यान
मुक्तिनाथ बिकास बैंक लुहाम शाखाले ५० हजार रुपैया बराबरको खाद्यान्न सामाग्री त्रिबेणी गाउँपालिकालाई हस्तान्तरण गरेको छ । सल्यानमा रहेको मुक्तीनाथ बिकास बैंकले कोरोना भाइरस महामारीको कारण नेपाल सरकारले लगाएको लगडाउनबाट प्रभावितहरुलाई खाद्यान्न सामाग्री हस्तान्तरण गरेको हो ।

आज लोटाउनेमा आयोजित एक कार्यक्रमका बिच मुक्तीनाथ बिकास बैंक लुहाम शाखाका प्रबन्धक सुदिन सिहंले हस्तान्तरण गरेका थिए, खाद्यान्न सामाग्री त्रिबेणी गाउपालिकाको तर्फबाट अध्यक्ष मान बहादुर डांगी र उपाध्यक्ष करुणा खड्काले संयुक्त रुपमा ग्रहण गरेका थिए ।

नेपालमा लगडाउन सुरु भएपछी दैनिक काम गरेर खाने बिपन्न वर्गहरुलाई दैनिकी चलाउले समस्या भएकाले खाद्यान्न सामाग्री वितरण गरिएको मुक्तीनाथ बैंक लुहाम शाखाका रेमन्त बुढाथोकीले जानकारी दिए । खाद्यान्न सामाग्रीमा चामल, दाल, तेल, नुन, चिनी, साबुन लागाएतका सामाग्रीहरु हस्तान्तरण गरिएको उनको भनाइ छ ।
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम






