छत्रेश्वरी गाउँपालिका अध्यक्षको सम्पत्ति: काठमाडौंमा सहित पाँच घर, झन्डै ८ करोड ऋण

१५ भाद्र २०७७, सोमबार ११:१७ मा प्रकाशित

सल्यानको छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष सन्तोष केसीले आइतबार आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। खलंगामा पत्रकार सम्मेलन गरी केसीले आफ्नी आमा अम्बिका केसी, पत्नी चाँदनी केसी, भाइ सुधन केसी र आफ्नो नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक गरेका हुन।

जसअनुसार सम्पत्तीको नाममा ५ वटा घर रहेका छन् । सल्यानको श्रीनगरमा २ वटा, लान्तीमा १ वटा, दाङको तुलसीपुरमा १ वटा र काठमाण्डौँमा १ वटा गरेर ५ वटा घर रहेको अध्यक्ष केसीले जानकारी दिए । यस्तै श्रीनगर र लान्तिमा गरेर २ वटा घडेरी रहेको पनि उनले जानकारी दिए । त्यसबाहेक सल्यानको लान्ती, भोटेचौर, फलाबाङ क्षेत्रमा करिब २५ रोपनी खेतबारी, श्रीनगर र लान्तीमा ५ वटा घडेरी, दाङको तुलसीपुर उपमहानगरपालिकामा करिब १२ कट्ठा खेत रहेको विवरण केसीले सार्वजनिक गरेका छन्।

आफूसँग २५ तोला सुन रहेको केसीले बताएका छन्। सवारी साधनमा एउटा क्रेटा कार, एउटा बुलेट र एउटा होन्डा साइन मोटरसाइकल र ट्रयाक्टर २ वटा रहेको उल्लेख गरेका छन। अध्यक्ष केसीले आफूलाई ७ करोड ९५ लाख ५० हजार रुपैयाँ ऋण रहेको उल्लेख गरेका छन्। त्यो सबै ऋण एउटै बैंकमा रहेको उनले बताए। सल्यान खलंगाको कुमारी बैंक शाखाबाट विभिन्न शीर्षकमा उक्त ऋण लिएको देखाइएको छ। आम्दानी अन्तर्गत दाङ, सल्यान र काठमाडौंको घर भाडाबाट समेत जोडेर बार्षिक ७० लाख रुपैंया जति आम्दानी हुने गरेको सार्वजनिक विवरणमा देखाइएको छ। त्यस्तै क्याप्टेन भाइको तलबबाट वार्षिक ७५ लाख आम्दानी हुने उल्लेख गरेका छन्। अध्यक्ष केसीका भाइ तारा एयरलाइन्समा क्याप्टेन छन्।

अध्यक्ष केसीले गाउँपालिकाबाट वार्षिक ४ लाख बढी तलब प्राप्त हुने गरेको विवरण सार्वजनिक गरेका छन्।

त्यस्तै उनको पुर्ख्यौली हार्ड वेयर व्यवसाय पनि छ। सल्यानमै केसीका संचात सप्लायर्स र सन्तोष इन्टरप्राइजेज छन्। कारोबारबाट वार्षिक ६० लाख र दुइटा ट्रयाक्टरको आम्दानी २४ लाख जति हुने विवरण उनले सार्वजनिक गरेका छन्।

अध्यक्ष केसीले हाल आफूसँग विभिन्न बैंकमा गरेर ३५ लाख रुपैयाँ बैंक ब्यालेन्स रहेको जानकारी दिएका छन्।

नेपाली कांग्रेसबाट निर्वाचित अध्यक्ष केसी सम्पत्ति विवरण सार्वजनिक गर्ने जिल्लाको पहिलो जनप्रतिनिधि हुन। ३३ वर्षीय केसी जिल्लाकै सबै भन्दा कान्छो गाउँपालिका अध्यक्ष पनि हुन। केसी पार्टीको क्षेत्रीय सभापति र तरूण दल सल्यानका अध्यक्ष पनि हुन।

Facebook Comments Box
तपाइँको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टीम


प्रबन्धक/सम्पादक
उत्तर कुमार साहु
रिपोर्टर
गणेश चन्द
संगम बिहानी
समिक्षा के.सी.
कुमार साहु
फोटोग्राफर

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu