गलत ठाउँमा पार्किङ गर्दा प्रहरीद्वारा कन्टेनर धनी कुटिए, पीडित पक्षद्वारा प्रहरी चौकी तोडफोड
रसुवा – रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२, टिमुरेमा प्रहरीले सार्वजनिक स्थलमा एक व्यक्तिलाई कुटपिट गरेका छन् ।
मंगलबार साँझ साढे ४ बजे गलत ठाउँमा कन्टेनर पार्किङ गरेको भन्दै प्रहरीले अपशब्द बोलेपछि सामान्य भनाभन भएको थियो । ना ६ ख ४९२५ कन्टेनर धनी आशिष तामाङसँग सामान्य भनाभन भएपछि प्रहरीले कुटपिट गरेका थिए ।
तामाङमाथि कुटपिट गर्ने प्रहरी चौकी टिमुरेका प्रमुखको राजीनामाका साथै कुटपिटमा संलग्न प्रहरीको निलम्बनको माग गर्दै पीडित पक्षले राति १२ बजेसम्म प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले टिमुरेको अस्थायी प्रहरी चौकी तोडफोड गरेका प्रहरीले जनाएको छ ।
दिउँसो सामान्य भनाभनमा कुटपिट गर्ने प्रहरी राति तोडफोड हुँदा भने संयमित भएको थियो । सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय रसुवाले हतारमा विज्ञप्ति जारी गरेको थियो ।
विज्ञप्तिको चौतर्फी विरोध भएको छ । घटनाबारे छानबिन भइरहेको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनुभयो ।
कुटपिटको विषयमा छानबिन गर्न प्रजिअ भण्डारीको टोली टिमुरेमा
तामाङलाई कुटपिट गरेको विषयमा छानबिन गर्न प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीको टोली टिमुरे पुगेको छ ।
सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रमुख, टिमुरेका प्रहरी तथा पीडितका समर्थकहरूसहित छलफल सुरु भएको प्रजिअ भण्डारीले बताउनुभयो । मंगलबार दिउँसो प्रहरीले कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रजिअको टोलीले घटनास्थलमा नै पुगेर छानबिन सुरु गरेको हो ।
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न
- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह