इजरायल आक्रमणमा सल्यानका ३ जना परे, एक जनाकाे मृत्यु

   
त्रिवेणी अनलाइन
२१ आश्विन २०८०, आईतवार २०:३९ मा

आक्रमणमा मारिनेमा सल्यान शारदा नगरपालिका ३ साहुटाेलका प्रवेश भण्डारी रहेका छन् । उनि सूदुरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञान संकाय सकेर काम सिक्न इजरायल पुगेका हुन् । उनि इजरायल पुगेकाे एक महिना पुगेकाे थिएन् ।

घाइते हुनेमा सल्यान शारदा नगरपालिका २ का विधान सेजुवाल रहेका छन् । उनकाे त्यहाँकाे स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुबैको खट्टामा गम्भीर चोट लागेको छ इजरायलस्थित नेपाली दुताबासले जनाएकाे छ ।

आक्रमणमा क्रमणमा परेका सल्यान त्रिवेणी गाउँपालिका १ का प्रमाेद केसी भने सुरक्षित रहेकाे बताइएकाे छ ।

तपाइँको प्रतिक्रिया
Array