त्रिवेणी देखि दाङ जोड्ने द्रुत मार्ग बारे छलफल

   
त्रिवेणी अनलाइन
१९ आश्विन २०८०, शुक्रबार २०:०५ मा
[Sassy_Social_Share total_shares="ON"]

सल्यान, १९ असोज । सल्यानको त्रिबेणी गाउँपालिका देखि  दाङ हापुरे सम्म जोड्ने द्रुत सडक मार्ग निर्माणको पहल थालिएको छ । शुक्रबार बबई गाउँपालिका र त्रिवेणी गाउँपालिकाविचको संयुक्त बैठकले सडक निर्माण सन्दर्भमा छलफल र आवश्यक निर्णय गरेको हो । आफ्नो पालिकाले त्रिवेणीको राम बजार देखी अखेलासम्म सडकको लागि ट्रयाक ओपन गरिसकेको जनाउँदै त्रिवेणी गाउँपालिका सल्यानका अध्यक्ष खिम बहादुर रावतले लक्ष्य अनुसार सडक निर्माणका लागि संघ र दुई प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय भएको बताउनुभयो । बबई ४ हापुरे देखी त्रिवेणी १ को अखेला सम्म सडक सञ्जालले जोडियो भने दुबै जिल्लाका करिव ५ हजार घरधुरी प्रत्यक्ष लाभान्वीत हुने उहाको भनाई छ । यो सडक सजिलो र द्रुत मार्गको रुपमा रहने भएकाले दुबै गाउँपालिकाले केन्द्रीय सरकार र आफु रहेको प्रदेश सरकारसंग बजेट व्यवस्थापनका लागि अनुरोध गर्ने निर्णय भएको अध्यक्ष रावतले बताउनुभयो । बबई गाउँपालिकाका अध्यक्ष कुल बहादुर खत्री क्षेत्री, त्रिवेणी गाउँपालिकाका अध्यक्ष रावत संगै वडा अध्यक्ष टेक बहादुर वली, सल्यानका पूर्व जिविस सभापती टिकाराम रोका, इलाका प्रहरी कार्यालय हापुरेका प्रमुख भिम बहादुर सुनार लगाएतको उपस्थितिमा शुक्रबार बबईमा छलफल भएको थियो ।

ट्रयाक ओपन गरिएको त्रिवेणीको राम बजार देखी अखेला सम्मको सडकलाई फराकिलो बनाउन आफुहरुले चालु आर्थिक वर्षमा ४ लाख विनियोजन गरेको भन्दै यसको निरन्तरताको लागि आगामी हिउँदे गाउँसभाबाट समेत बजेट व्यवस्थापनका लागि पहल गरिने त्रिवेणीका अध्यक्ष रावतले जानकारी दिनुभयो । यसका लागि हिउँदे गाउँसभाबाट बबै गाउँपालिकाले पनि आवश्यक पहल गर्ने छ । यसैविच हापुरेबाट सल्यान गएको विद्युत लाईनलाई पनि हापुरे देखि त्रिवेणी हुँदै सल्यान श्रीनगर स्थित स्टेशनमा जोड्नका लागि पहल थालिएको त्रिवेणी गाउँपालिकाले जनाएको छ । ‘हापुरेबाट सल्यान जाँदा ७० किमि लामो दुरी पर्दोरहेछ’, अध्यक्ष रावतले भन्नुभयो, ‘तर हापुरेबाट त्रिवेणी हुँदै विद्युत ल्याउने हो भने २३ किमि छोटो दुरी पर्ने रहेछ, यसका लागि हामीले कार्यपालिकाबाट आवश्यक निर्णय गरेर विद्युत कार्यालयमा पठाएका छौँ । उसले पनि केन्द्रमा रिपोर्ट गरिसकेको बुझिएको छ ।’ नागरिकलाई छिटो, छरितो र सहज हुने गरी विकास निर्माणको कामलाई अगाडी बढाउन आफुहरु क्रियाशिलताको साथ लाग्ने, सम्बन्धीत निकायहरुसंग पहल गर्ने उहाको भनाई छ ।

तपाइँको प्रतिक्रिया

हाम्रो टीम


प्रबन्धक
उत्तर कुमार साहु
सम्पादक
गणेश चन्द

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9845578104, 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ - २०२१ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu