तीजकै दिन खुर्पाले हानेर श्रीमतिको हत्या
रुकुम पश्चिममा खुर्पा प्रहार गरी एक व्यक्तिले श्रीमतिको हत्या गरेका छन् । मुसीकोट नगरपालिका ३ माछिमिका २७ वर्षीय नविन खड्काले २५ वर्षीया श्रीमति कमला बुढाथोकी खड्काको गएराति हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अत्याधिक मदिरा सेवन गरी तीजको दिन बेलुकी ८ बजेको समयमा नविनले श्रीमति कमलाको हत्या गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक सुमित खड्काले जानकारी दिए ।
श्रीमतिको हत्या गरी फरार भएका नविनलाई मंगलबार विहान सवा २ बजेको समयमा घर नजिकैको जंगलमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको डिएसपी खड्काले बताए ।
उनीसंगै श्रीमतिलाई प्रहार गरेको खुर्पासमेत बरामद गरिएको प्रहरीले जनाएको छ । के कारणले उनले श्रीमतिको हत्या गरेका हुन् भन्ने खुलि नसकेको प्रहरीको भनाइ छ । घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
तपाइँको प्रतिक्रिया
पछिल्लो अपडेट
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- Slot Game Themes That Attract Nostalgic Players and Boost Engagement
धेरैले पढेको






