प्रमुख सचेतक ढकालको घरमा पेट्रोल बम प्रहार

   
त्रिवेणी अनलाइन
३१ श्रावण २०७६, शुक्रबार १०:२४ मा

प्रदेश नम्बर ५ प्रदेश सभाका नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा बिहिबार राति पेट्रोल बम प्रहार भएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहिका अनुसार ढकालको घरमा पेट्रोल बम प्रहार भएको हो ।

सैनामैना नगरपालिका वडा नम्बर ७ मा रहेको ढकालको घरमा प्रहार गरिएको पेट्रोल बमबाट घरमा राखिएको गाडीमा क्षति पुगेको  प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख हृदय थापाले पेट्रोल बमबाट घरमा पार्किङ गरि राखिएको गाडिको पछाडीको भागमा क्षति पुगेको बताए । 

ढकाल बिरामी परेर उपचारका लागि काठमाडौमा रहेका छन् । घरमा ढकालकी पत्नी, बाबु-आमा लगायत रहेका थिए । प्रहरीले बम प्रहार गर्ने व्यक्ती र समुहको खोजी गरिरहेको जनाएको छ ।

तपाइँको प्रतिक्रिया
Array