टी-ट्वान्टी वरियतामा नेपालको सुधार

२० बैशाख २०७६, शुक्रबार १५:२६ मा प्रकाशित
काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी-ट्वान्टी क्रिकेटको वरियतामा नेपालले सुधार गरेको छ ।

आईसीसीले शुक्रबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले तीन स्थान सुधार गरेको हो । 

नयाँ वरियतामा नेपाल ११ औं स्थानमा उक्लिएको छ । नेपालले २१२ अंक पाएको छ ।  यसअघि नेपाल १४ औं स्थानमा रहेको थियो ।

टी-ट्वान्टी वरियताको शीर्ष स्थानमा पाकिस्तान, दोस्रोमा दक्षिण अफ्रीका, तेस्रोमा इंग्ल्यान्ड, चौंथोमा अष्ट्रेलिया र पाँचौ स्थानमा भारत रहेको छ ।

नेपालले संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको तीन खेलको टी-ट्वान्टी सिरिजमा २-१ को जित निकालेपछि अन्य खेल खेलेको छैन । 

]]>
Facebook Comments Box
तपाइँको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टीम


प्रबन्धक/सम्पादक
उत्तर कुमार साहु
रिपोर्टर
गणेश चन्द
संगम बिहानी
समिक्षा के.सी.
कुमार साहु
फोटोग्राफर

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu