टी-ट्वान्टी वरियतामा नेपालको सुधार
काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी-ट्वान्टी क्रिकेटको वरियतामा नेपालले सुधार गरेको छ ।
आईसीसीले शुक्रबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले तीन स्थान सुधार गरेको हो ।
नयाँ वरियतामा नेपाल ११ औं स्थानमा उक्लिएको छ । नेपालले २१२ अंक पाएको छ । यसअघि नेपाल १४ औं स्थानमा रहेको थियो ।
टी-ट्वान्टी वरियताको शीर्ष स्थानमा पाकिस्तान, दोस्रोमा दक्षिण अफ्रीका, तेस्रोमा इंग्ल्यान्ड, चौंथोमा अष्ट्रेलिया र पाँचौ स्थानमा भारत रहेको छ ।
नेपालले संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको तीन खेलको टी-ट्वान्टी सिरिजमा २-१ को जित निकालेपछि अन्य खेल खेलेको छैन ।
]]> तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
धेरैले पढेको