मिस एसईईका अनेक प्रतिभा
काठमाडौं : स्टार वान इन्टरटेनमेन्ट प्रालिको आयोजनामा आगामी जेठ ३२ गते राजधानीमा हुने मिस टिन एसईईका प्रतिस्पर्धीले आआफ्ना प्रतिभा प्रदर्शन गरेका छन्।पाँचौं संस्करणको मिस टिन एसईई २०१९ का स्पर्धीले ट्यालेन्ट सोमा अभिनय, नृत्य, गायन, चित्रकला, वक्तृत्वकला, कविता वाचनलगायतका प्रतिभा प्रदर्शन गरे। आयोजक संस्थाकी अध्यक्ष पूजा निरौलाका अनुसार यो ट्यालेन्ट सोबाट मिस ट्यालेन्टलगायत अन्य उपउपाधि विजेता चयन गरिनेछ। यसको घोषणा अन्तिम प्रतिस्पर्धाका दिन गरिनेछ।
राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा हुने प्रतियोगितामा सिम्रन शाही ठकुरी, समिका काफ्ले, कसिस जैसवाल, प्रीति गिरी, अस्मिता श्रेष्ठ, कृतिका केसी, जस्मिन सुनार, कृष्टिलिना स्थापित, बबिना खड्का, अनुष्का घिमिरे, अभिना केसी, अञ्जु श्रेष्ठ, प्रियस्का खड्का, सुविधा अधिकारी, कृपा गुरुङ, सरिता रुवाली, कृतिका श्रेष्ठ, युनिका बस्नेत, युनिसा पुन, श्रुति पौडेल, स्वीकृति पराजुली, कृति सिम्खडा, सोफिया प्रसाई, सिम्रन देव, सेलिना जोशी र लिना तामाङले प्रतिस्पर्धा गर्दै छन्।
प्रतियोगिता बालकृष्ण पोखरेलको पेजेन्ट निर्देशन, सम्राटप्रसाद शाहको संयोजन र अश्विनी झाको कार्यक्रम सञ्चालन तथा कोरियोग्राफीमा सम्पन्न हुनेछ। ट्यालेन्ट सोमा फिल्म निर्देशक राजु अधिकारी, कोरियोग्राफर लिगेश लीलाधर भट्टराई र अभिनेत्री कस्मता निरौला निर्णायक थिए।
- Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.1830 (2)
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम







