सल्यानी गायक भागिरथ चलाउनेको गित झमझम झम्कना युटुबको २ औ ट्रेन्डिङमा
सल्यानी चर्चित गायक भागीरथ चलाउनेको नयाँ तिज गीत झमझम झम्कानाले युटुबको दोस्रो स्थानमा ट्रेन्डिङमा परेको छ ।
केहिदिन अगाडि मात्रै बजारमा आएको चलाउनेको यो वर्षको पहिलो तिज गीत हो । गित अहिले युटुवको ट्रेन्डिङ नम्बर २ मा रहेको छ । उता टिकटमा पनि उतिकै लोकप्रियता बटुलिरहेको छ । गायक चलाउनेको यो भन्दा अघिल्लो वर्ष थोपडाले धोका दियो बरिलैले पनि निकै लोकप्रियता कमाएको थियो ।
यो वर्ष पनि उत्तिकै चर्चा कमाउने र दर्शक स्रोताको मन जित्न सफल हुने विश्वास रहेको भागीरथ चलाउने बताउछन । भागीरथ चलाउने र सुनिता बुढा क्षेत्रीको आवाजमा रहेको गीतको शब्द सिर्जना बम मगरले गरेका छन भने संगित भागिरथ चलाउने आफैले भरेका छन ।
भगिरथ चलाउने र गीता ढुंगानाको अभिनय रहेको म्युजिक भिडियोको निर्देशन प्रकाश भट्टले गरेका छन । गीत भागीरथ चलाउने युटुव च्यानल मार्फत बजारमा आएको छ
तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
धेरैले पढेको