नेपाल आइडलका कृशल र मीनराजको नयाँ गीत (भिडियो)

२० बैशाख २०७६, शुक्रबार १४:५४ मा प्रकाशित
काठमाडौं : नेपाल आइडल–२ चर्चित सहभागी गायक कृशल कँडेल र मीनराज पौडेलले एक साथ गाएको ‘बरिलै’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

मीनराज पहिलो गोल्डन माइक जितेर चितवनको अडिसनबाट सोझै गाला राउन्ड प्रवेश पाएका थिए भने कृशल आफ्नो लुक्स र परिपक्व गायकीका कारण दर्शक तथा स्रोताको मन जित्न सफल भएका थिए।

लोक फ्युजन शैलीको उनीहरूको यो युगल गीतमा संगीत गीतकार नृपेश उप्रेतीको छ। लामो समयदेखि गीत गजल लेखनमा सक्रिय नृपेशले पहिलो पटक आफैंले यो गीतमा संगीत भरेका हुन्। संगीत संयोजन युवा संगीतकार एबम् गायक पुरुषोत्तम सुवेदीको छ।

म्युजिक भिडियोको निर्देशन प्रबिन थापाले गरेका हुन्। भिडियोमा स्वयं गायक द्वय कृशल र मीनराजले मोडल करिश्मा ढकालसँग अभिनय गरेका छन्। भिडियो राम्रो बनाउन निकै मेहनत गरेको निर्देशक प्रबिन थापा बताउँछन्। भिडियोको छायांकन नमराज घिमिरेले गरेका हुन् भने सम्पादन र कलर शक्ति प्रज्वल घिमिरेले गरेको हुन्। भिडिय व्ह्वाइट मिडिया प्रालिले निर्माण गरेको हो।

यसअघि कृशलको आवाजमा आएको ‘ओढेर घुँघट’ बोलको गीत निकै मन पराइएको थियो। मीनराजको भने यो पहिलो गीत हो।

]]>
Facebook Comments Box
तपाइँको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टीम


प्रबन्धक/सम्पादक
उत्तर कुमार साहु
रिपोर्टर
गणेश चन्द
संगम बिहानी
समिक्षा के.सी.
कुमार साहु
फोटोग्राफर

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu