कुखुराको मासु , अण्डा खान डराउनु पर्दैन : चिकित्सक

२० बैशाख २०७६, शुक्रबार १४:४४ मा प्रकाशित

७० डिग्री तापक्रममै मर्छ बर्डफ्लूको भाइरस

काठमाडौं : बर्डफ्लूका कारण एक युवकको ज्यान गएपछि अण्डा र कुखुराको मासु खान हिचकिचाएका उपभोक्ताहरुलाई चिकित्सकले डराउन नपर्ने सुझाब दिएका छन्। मासु र अण्डा राम्रोसँग पकाएर खाएमा रोग लाग्ने सम्भावना नहुने चिकित्सकको भनाई छ।  

कुखुराको अण्डा र मासु पकाउँदा ७० डिग्री सेल्सियस भएमा भाइरस मर्ने चिकित्सकहरु बताउछन।  स्वास्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेककुमार लालले कुखुराको मासु र अण्डा कम्तिमा ७० डिग्री सेल्सियस भएमा भाइरस मर्ने जानकारी दिए।
   

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका रिसर्च युनिट संयोजक एवं सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बर्डफ्लू कारण कुखुराको मासु वा अण्डा खानै नहुने भन्ने भ्रममा पर्न आवश्यक नभएको बताए।।‘एक सय डिग्री सेल्सियस नभई उसिनेको अण्डा पाक्दैन। यसले गर्दा अण्डा खानै नहुने भन्ने होइन।’

बर्डफ्लूको संक्रमणबाट एक युवकको मृत्यु भएको सार्वजनिक भएपछि कुखुराको अण्डा र मासु खान उपभोक्ताहरु हिचिकिचाएका छन। बर्ड फ्लूको संक्रमणपछि गत चैत १५ गते उनको निधन भएको थियो। 

को छन, जोखिममा ?

पोल्ट्रि फार्म सञ्चालक किसान, मासु विक्रेता बढी जोखिम हुने चिकित्सकको भनाइ छ।  डा. लालकाअनुसार कुखुराको काँचो मासु काँटछाँट गर्ने वा पकाउने व्यक्तिले नाङ्गो हात, खुला नाकमुख गरी मासु चलाउन हुँदैन। हातमा पञ्जा, मुखमा मास्क वा रुमाल तथा एप्रोन लगाएर मात्र मासुको काम गर्दा रोगको जाखिम कम हुन्छ।

मासु काटकुट गरिसकेपछि हात राम्रोसँग साबुन, पानीले सफा गर्ने, मासु तयार गर्दा प्रयोग गरिएका भाँडाकुँडा, औजार र अचानोलाई राम्रोसँग सफा गरी निर्मलीकरण गर्नु पनि बर्डफ्लूको रोग संक्रमणबाट बच्ने उपाय भएको रोग नियन्त्रण महाशाखाका निर्देशक डा. लालले बताए।

]]>

Facebook Comments Box
तपाइँको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टीम


प्रबन्धक/सम्पादक
उत्तर कुमार साहु
रिपोर्टर
गणेश चन्द
संगम बिहानी
समिक्षा के.सी.
कुमार साहु
फोटोग्राफर

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu