नेपालले हरायो अमेरिकालाई, कुशलको विश्व रेकर्ड
२५ माघ, काठमाडौं । युवा खेलाडी कुशल मल्लको डेब्यु ओडीआई (एक दिवशीय) मै अर्धशतक अनी विनोद भण्डारीको अर्धशतक प्रेरित नेपालले आइसीसी क्रिकेट विश्वकप लिग २ मा अमेरिकालाई ३५ रनले हराएको छ ।
कीर्तिपरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर १९० रन बनाएको थियो । १९१ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको अमेरिका १५५ रनमै समेटियो । अमेरिकाले ४४.१ ओभरमा १५५ न बनाउँदा सबै विकेट गुमायो ।
नेपालको जीतमा करण केसी, सुसन भारी, सन्दिप लामिछाने र कुशल मल्लको उत्कृष्ट बलिङ पनि निर्णायक बन्यो । खेलमा ५० रन बनाएका कुशल मल्ल ओडीआई क्रिकेटको डेब्युमा अर्धशतक बनाउने विश्वकै कान्छो क्रिकेटर बनेका छन् ।
Facebook Comments Box
तपाइँको प्रतिक्रिया
पछिल्लो अपडेट
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- Slot Game Themes That Attract Nostalgic Players and Boost Engagement
धेरैले पढेको






