जग्गा अतिक्रमण गर्नेलाइ शारदा नगरको १५ दिने अल्टिमेटम

   
त्रिवेणी अनलाइन
२५ पुष २०७६, शुक्रबार १८:४० मा

पुस २५, सल्यान 
सल्यानको शारदा नगरपालिकाले अतिक्रमण गरेर बस्नेलाइ १५ दिनभित्र हट्न भनेको छ । श्रीनगर बजार क्षेत्र र बसपार्क आसपासका क्षेत्रमा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमन गरेर बसेकालाइ पुस २४ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो । 
नगरपालिकाले ध्यानाकृस्ट भएको भन्दै कार्यपालिका बैठकको निर्णय अनुसार सो क्षेत्रको अतिक्रमणलाई रोक्ने र अतिक्रमित जग्गामा भएका संरचनाहरु हटाउन सूचना निकालेको प्रेस सल्लाहकार यालव उपाध्यायले जानकारी दिएका छन । 
प्रकाशित भएको मितिले १५ दिन भित्र अतिक्रमित जग्गामा बनाइएका घर टहरा हटाउनुहुन सम्बन्धितमा अनुरोध गरिएको छ । सूचनामा नहटाएमा नगरपालिकाले आफ्नो श्रोत साधन प्रयोग गरि अतिक्रमित जग्गामा रहेका संरचना हटाइने जनाइएको छ । 

तपाइँको प्रतिक्रिया
Array