भव्य समारोहका बीच नेपाल भ्रमण वर्ष २०२० को औपचारिक शुभारम्भ
काठमाण्डाै – नेपाल भ्रमण वर्षको औपचारिक शुभारम्भ भएको छ ।
काठमाण्डौको दशरथ रंगशालमा भएको भव्य समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमण वर्ष २०२० को औपचारिक उद्घाटन गर्नुभयो । उहाँले नेपाल विश्वकै अनुपम गन्तव्य भएको भन्दै पाहुनालाई मनैदेखि स्वागत गर्ने नेपाली संस्कारको प्रशंसा पनि गर्नुभयो ।
उद्घाटनका क्रममा उहाँले नेपालमा धार्मिक, सांस्कृतिक र प्राकृतिक विविधता रहेकोले विश्वमा विरलै देखिने दृष्य देख्न सकिने पनि बताउनुभयो ।


नेपालीहरुको अतिथि देवो भव: को भावना पर्यटकले सबैभन्दा धेरै रुचाउने पक्ष भएको भन्दै राष्ट्रपति भण्डारीले पर्यटकलाई आकर्षित गर्न भौतिक सुविधाको विस्तारमा पनि ध्यान दिनुपर्ने बताउनुभयो । यसैबीच उहाँले नेपाल भ्रमण वर्षको आधिकारिक मस्कटको रुपमा रहेको यतिको मस्कट प्रदर्शनीको पनि शुभारम्भ गर्नुभयो ।
उद्घाटन समारोहमा पाँच हजारभन्दा धेरै नागरिक सहितका सयौँ र्याली, लाखे नाच, विभिन्न जातजातिका झाँकी पनि प्रस्तुत गरिएकाे थियाे । चर्चित ब्याण्ड कुटुम्बका साथमा ३ सय भन्दा धेरै कलाकारले १ सय ८ वटा धून प्रस्तुत गरेका थिए।
- सल्यानको त्रिवेणी ३ तिमिलेचौरमा आगलागिमा परी एकको मृत्यु
- होली: प्रेम र एकताको संदेश- विजय भण्डारी
- श्री गायत्री प्राथमिक विद्यालय त्रिवेणी गाउँपालिका ५ ढोरचौर सल्यानले आफ्नो ३५ औं वार्षिकोत्सब मनाएको छ ।
- राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको अध्यक्षमा वुढाथोकी
- त्रिवेणी गाउँपालिका र सामुदायिक वन उपभोक्ता समितिहरुविच अन्तरक्रिया सम्पन्न
- शारदा नगरपालिका सल्यानद्वारा आधिकारीक लोगो सार्वजनिक