ए डिभिजन लिगमा मछिन्द्रको विजयी शुरुवात
२८ मंसिर, काठमाडौं । मछिन्द्र क्लबले शहीद स्मारक ए डिभिजन लिगमा विजयी शुरुवात गरेको छ । राष्ट्रिय टिमका पूर्वकप्तान विराज महर्जनसहित स्टार खेलाडी भित्र्याएको मछिन्द्रले लिगको उद्घाटन खेलमा ब्रिगेड ब्वाइज क्लबलाई २-० ले हराएको हो ।
उद्घाटन खेल दशरथ रंगशालामा हुने भनिएपनि मैदान हिलो भएको लिग आयोजक अखिल नेपाल फुटबल संघ एन्फाले खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सारेको थियो ।
खेलमा मछिन्द्रका लागि विशाल राई र दिपक राईले गोल गरे ।
स्टार खेलाडीहरुले भरिएको मछिन्द्रले पहिलो गोलका लागि आधा घण्टा कुर्नुपर्याे । १९औं मिनेटमा रन्जित धिमालले प्रहार गरेको पि|mकिक पोष्टमा लागेर फर्किएको थियो । तर २६ औं मिनेटमा पाएको फ्रिकिकमा गोल गष्र्न सफल भयो ।
अर्काे पटक फ्रिकिकमा भने मछिन्द्रले अवसर गुमाएन । विशाल राईको फि्र किक बल बि्रगेडका गोलकिपर विशाल सुनारको हात र बारमा लाग्दै फर्किएपछि अनमार्क रहका योगेश गुरुङ हेड गोल गरे । ४४औं मिनेट पेनाल्टी बक्सभित्र दिपक राईले प्रहार गरेको भली बि्रगेडका गोलकिपर सुनारले बचाए ।
तर ५०औं मिनेटमा दिपक राईले मछिन्द्रको अग्रता दोब्बर बनाए । खेलको ८९औं मिनेटमा बि्रगेडका जय गुरुङले करिब २५ यार्डबाट गरेको प्रहार मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले मुस्किलले बचाएका थिए । राष्ट्रिय टिमका पूर्वकप्तान अनिल गुरुङको कप्तानीमा रहेको बि्रगेड ब्वाइजले सुरुवातमा केही अवसर पाएपनि त्यसलाई गोलमा प।रणत गर्न भने चुकेको थियो ।
जितपछि मछिन्द्रले ३ अंक जोडेपनि अंकतालिकामा २ अंक मात्र छ । गत सिजन नन रलिगेसन लिग हुँदा मछिन्ऽ १४ क्लबमध्ये १३औं स्थानमा थियो । त्यसबापत मछिन्द्रले यो सिजन एक अंक गुमाएको हो ।
आइतबार लिगका खेल नहुने
यसैबीच एन्फाले आइतबारको लागि तय भएको लिगको दुवै खेल स्थगित गरेको छ । आइतबार संकटा र च्यासल युथ क्लब तथा त्रिभुवन आर्मी र फ्रेण्ड्स क्लबबीच खेल हुने तय थियो ।
आइतबार मनाङ मर्स्याङदी क्लबले जापानी फुटबल लिग यू-२२ टिमसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएको छ ।
- राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको अध्यक्षमा वुढाथोकी
- त्रिवेणी गाउँपालिका र सामुदायिक वन उपभोक्ता समितिहरुविच अन्तरक्रिया सम्पन्न
- शारदा नगरपालिका सल्यानद्वारा आधिकारीक लोगो सार्वजनिक
- त्रिवेणी गाउँपालिकाका ८ सय २ किशोरीलाई एचपिभी खोप लगाइदैँ
- त्रिवेणी गाउँपालिका स्तरीय छैठौं अध्यक्ष कप तथा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्नः उपाधी सरस्वती मा.वि सिम्कलाई
- जन्मदिनको फजुल खर्चले शैक्षिक सामग्री