blank

स्वर्णको दिन : कुन कुन खेलमा कसकसले जिते आज स्वर्ण?

   
त्रिवेणी अनलाइन
१६ मंसिर २०७६, सोमबार २०:०४ मा

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत आज भएको खेलमा नेपालले १५ वटा स्वर्ण पदक हात पारिसकेको छ। सोमवार काठमाडौं, पोखरा र ललितपुरमा भएका विभिन्न प्रतिस्पर्धामा नेपालले १५ वटा स्वर्ण पदक जितेको हो। तेक्वान्दो र कराँतेमा नेपालले ७/७ स्वर्ण जितेर पदक तालिकमा आफूलाई अब्बल सावित गरेको हो।

कसले कुनमा स्वर्ण जिते ?

अनु अधिकारी – कराँते

आयशा शाक्य – तेक्वान्दोको (पुम्से)

कमल अधिकारी – तेक्वान्दो

कमल श्रेष्ठ – तेक्वान्दो (पुम्से)

कुसुम खड्का – कराँते

निशा दर्नाल, स्वस्तिमा तामाङ र सञ्जिला तिमल्सिना –

पार्वती गुरुङ – तेक्वान्दो

मन्डेकाजी श्रेष्ठ – कराँते (काता)

मन्डेकाजी श्रेष्ठ, प्रविन मान्धर र महसुश तामाङ (टिम काता)

लक्ष्मण तामाङ – कराँते

विप्लव लाल श्रेष्ठ – कराँते

संगीता मगर, सरु बिष्ट र निर्मला तामाङ – कराँते (टिम काता)

संजिव कुमार ओझा र आयशा शाक्य – तेक्वान्दोको (पेयर पुम्से)

सीना मादेन – तेक्वान्दो (पुम्से)

सोनी गुरुङ – ट्रायथोलन

तपाइँको प्रतिक्रिया
Array